आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माहामारीका बेला चिकित्सक आन्दोलनमा, ओली सरकालाई २४ घण्टे अल्टिमेटम

माहामारीका बेला चिकित्सक आन्दोलनमा, ओली सरकालाई २४ घण्टे अल्टिमेटम

  • मिडिया डबली
  • आइतवार, आश्विन १८ २०७७

  • 6.5K
    SHARES

  • माहामारीका बेला चिकित्सक आन्दोलनमा, ओली सरकालाई २४ घण्टे अल्टिमेटम

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपा नेतृत्वको सरकारले डा. गोविन्द केसीका जायज मागहरुलाई बेवास्ता गर्दै उनको स्वास्थ्यमाथी ठुलो खेलवाड गरेपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।

    २१ दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि चिकित्सकहरु नै आन्दोलनमा उत्रिन बाध्य भएका हुन् । डा. केसीलाई अहिले अक्सिजन दिनुपर्ने अवस्था पुगेको छ, तर पनि सरकार गम्भी भएको छैन् ।

    त्रिवि शिक्षण अस्पतालमा कार्यरत् डाक्टर तथा अन्य स्वास्थ्यकर्मीहरुले आइतबार अस्पताल परिसरमै विरोध प्रदर्शन गरेका हुन्।

    चिकित्सकहरुले डा. केसीको जीवन रक्षा तथा उनले उठाएका एजेण्डाको सुनवाइ गर्न माग गरेका छन् । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै जुम्लाबाट १९औं सत्याग्रह सुरु गरेका डा. केसी हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा अनसनरत् छन्।

    आन्दोलित स्वास्थ्यकर्मीहरुले सरकारलाई २४ घण्टाभित्र डा. केसीका माग सम्बोधन गर्न र त्यसो नगरेमा आफूहरु थप कडा रुपमा प्रस्तुत हुन बाध्य हुने बताएका छन्।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २९ २०७७०८:१८:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend