आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रदेश राजधानी विवादमा स्कुटर जलाउने चारजना पक्राउ

प्रदेश राजधानी विवादमा स्कुटर जलाउने चारजना पक्राउ

  • मिडिया डबली
  • बिहिवार, आश्विन २९ २०७७

  • 7.5K
    SHARES

  • प्रदेश राजधानी विवादमा स्कुटर जलाउने चारजना पक्राउ

    बुटवल- प्रदेश राजधानीको विषयलाई लिएर बुटवलमा भएको विरोध प्रदर्शनका क्रममा सरकारी स्कुटर जलाउने चार युवकलाई प्रहरीले पक्राउ गरेको छ। 

    जिल्ला प्रहरी कार्यालयले आज सूचना निकालेर रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु १ प २४७० नम्बरको स्कुटर जलाएको अभियोगमा उनीहरुलाई मुद्दा चलाएको जानकारी गराएको छ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार बुटवल उपमहानगरपालिका(११ बुद्धनगरका २५ वर्षीय भेषराज पोख्रेल, देवीनगर बस्‍ने ३५ वर्षीय रोशन थापा, तिलोत्तमा नगरपालिका(२ बस्‍ने २८ वर्षीय सन्दीप पाण्डेय र गुल्मीको मालिका गाउँपालिका(८ घर भई बुटवल बस्‍ने ३० वर्षीय सुरज क्षेत्री पक्राउ परेका हुन्। उनीहरुले गत असोज १६ गते बुटवल(११ देवीनगरको होराइजन चोकमा सरकारी स्कुटर जलाएका थिए।

    यसैगरी प्रहरीको स्कुटर रोकी धम्की दिने दुईजना युवालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।  देवदह नगरपालिका(४ का वसन्त रेग्मी र त्यही ठाउँका वसन्तलाई देवदह-५, खैरेनी कचहरा पुलमाथि ड्युटीमा जाँदै गरेका प्रहरीको स्कुटर रोकी फुटाइदिने धम्की दिई लाइसेन्स, बिलबुक मागेको अभियोगमा पक्राउ गरिएको हो।

    उनीरुविरुद्ध पनि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता खत्रीले बताए। उनीहरुलाई सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन २५ २०७७०४:३४:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend