काठमाडौं- राजनीति कतिसम्म क्रूर हुन्छ ? आफ्नै सहपाठी योद्धाको राजनीतिक भविष्य कसरी एकैपटकमै सिध्याउने भन्ने उदाहरण हेर्न अन्त कतै जानु पर्दैन, सत्तारुढ नेकपामा हेरे पुग्छ ।
अर्को गुटबाट आएर आफूभन्दा शक्तिशाली बनेको भन्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पार्टी महासचिव विष्णु पौडेलको राजनीतिक भविष्य नै दाउमा राखिदिएका छन् ।
अघिल्लो शेरबहादुर देउवा सरकारले सात प्रदेशको अस्थायी राजधानी जहाँ जहाँ तोकेको थियो, त्यहीँ त्यहीँ कायम छ । तर, प्रदेश ५ को हकमा भने त्यो भएन ।
प्रधानमन्त्री केपी ओलीका विश्वासपात्रमध्ये एक शंकर पोखरेललाई विष्णु पौडेल आफूभन्दा बढी शक्तिशाली र पार्टीमा हालीमुहाली भएको देखिसहेका थिएनन् ।
पौडेल पहिले झलनाथ खनाल गुटमा थिए । उनी पौडेलको राजनीति सिध्याउने उपयुक्त मौका पर्खिरहेका थिए । यही बेला उपयुक्त हुने ठानेर गत बुधबार साँझ उनी प्रधानमन्त्री निवास बालुवाटार पुगे ।
बालुवाटारमा उनले पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई दाङको भालुवाङ प्रदेशको स्थायी राजधानी बनाउन सहमत गराए ।
तर उनले पार्टी महासचिव पौडेलसँग कुनै छलफल गरेनन् । त्यसपछि प्रदेश मन्त्रिपरिषद्को बैठक राखेर स्थायी राजधानी र प्रदेशको नामाकरणको निर्णय गराए ।
जबकि पौडेलको घर बुटवल नै हो । उनले अहिलेसम्म त्यहीँबाट चुनाव जित्दै आएका छन् । यसअघिको चुनावमा पनि उनले प्रदेशको स्थायी राजधानी बुटवललाई नै बनाउने बाचा गरेका थिए ।
शंकर पोखरेलले पौडेललाई मनाउने जिम्मा अध्यक्षद्वयको भन्दैैैैैैैैैैैैैैैैैै बाहिरिएका थिए । स्रोतका अनुसार पौडेललाई अर्थमन्त्री बनाए उनी चुपचाप हुन्छन् भन्ने ओली र प्रचण्डले प्रस्ताव पठाएका थिए ।
यो राजधानी सार्ने विषयले पौडेलको राजनीतिक भविष्य भने समाप्त हुने देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।