काठमाडौं - नेपाली कांग्रेसका युवा नेता एवम् राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनले कोरोना संक्रमितका लागि उल्लेख्य सहयोग गरिरहेका छन् । संक्रमितले क्वारेन्टिनमा या आइसोलेसनमा थुप्रै समस्या भोगिरहेको अवस्थालाई उनले मध्यनजर गरेका हुन् ।
नेता महर्जनले ललितपूरको गोदावरी नगरपालिकाका ६६ बर्षिय कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको परिक्षण गर्न उनले सहयोग गर्ने भएका छन्।
गोदावरी–११ चापागाउँ निवासी ६६ बर्षका ब्यक्तिलाई कोरोना पुष्टि भएको थियो । त्यसपछि नेता महर्जनले संक्रमितको सम्पर्कमा आएकाहरुलाई तत्कालै पिसिआर परिक्षण गराउन आग्रह गरेका छन् ।
यति मात्रै नभएर उनले परीक्षणका लागि समस्या भए आफुलाई फोन गर्नसमेत अ ाग्रह गरेका छन् । उनले सहयोग चाहिए ९८५१०२५७७७ मा सम्पर्क गर्न भन्दै आफ्नो नम्बर दिएका छन् ।
यस बोहकपनि नेता महर्जनले कोरोना भाइरसको माहामारीका बेला संकटमा परेकाहरुलाई निकै सहयोग गरिरहेका छन् । उनले ललितपुरको महालक्ष्मी मन्दिर र बटुक भैरब मन्दिरमा मागेर खानेहरुरूलाई खाना खुवाइरहेका छन् ।
मागेर खानेहरु अहिले भोकमारीमा हुँदा नेता महर्जनले दैनिक रुपमा बिहान र बेलुकी १५० देखि २०० जनाको समूहलाई ५० दिनसम्म खाना खुवाइसकेका छन्।
त्यस्तै उनले दैनिक ज्यालादारी गर्ने मजदुरहरू समेत समस्या परे आफूलाई सम्पर्क गर्न आग्रह गरेका छन् । उनले गरीब विपन्नहरुलाई पनि घरमै गएर सहयोग गरिरहेका छन् ।
कम्युनिस्ट सरकार राजनीतिमा तहल्का मच्चाइरहेका बेला काँग्रेसका नेतादेखि कार्यकर्ताहरु माहामरीको संकटमा जनताको सेवामा लागेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।