आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कम्युनिस्ट सरकारले रोक्यो ‘फुड बैंक’, कांग्रेस नेताले दिए दनक !

कम्युनिस्ट सरकारले रोक्यो ‘फुड बैंक’, कांग्रेस नेताले दिए दनक !

  • मिडिया डबली
  • शनिवार, भाद्र २० २०७७

  • 8.4K
    SHARES

  • कम्युनिस्ट सरकारले रोक्यो  ‘फुड बैंक’, कांग्रेस नेताले दिए दनक !
    फाइल तस्वीर

    काठमाडौं - प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणाले कम्युनिस्ट सरकारले कोरोना र निषेधाज्ञाहरूबाट समस्यामा परेका जनतालाई सहयोग गर्न खोलिएका ‘फुड बैंक’हरू बन्द गरिदिएकोमा आक्रोश पोखेका छन् ।

    पूर्वसांसद समेत रहेका राणाले शनिबार बिहान विज्ञप्ति जारी गरेर ‘फुड बैंक’ बन्द गरिदिने सरकार र प्रहरी प्रशासनको रवैयाको विरोध गरेका हुन् । नागरिकस्तरबाट ललितपुरको चापागाउँसहित विभिन्न स्थानमा खोलिएका ‘फुड बैंक’हरू बन्द गर्ने कम्युनिस्ट सरकारको हर्कतको उनले विरोध गरेका हुन् ।

    ‘फुड बैंक’बाट निषेधाज्ञा र कोरोनाले समस्यामा परेका अति विपन्न परिवार, मजदुर, विद्यार्थीलगायतलाई सहयोग भएको भन्दै कांग्रेसका युवा नेता राणाले हस्तक्षेपकारी कार्य तत्काल बन्द गर्न कम्युनिस्ट सरकारलाई सचेत गराएका छन् ।

    ‘सरकारी तहबाट कुनै राहत नपाइरहेका बेला नागरिकस्तरबाटै राहत वितरणका कार्यक्रम हुनु स्वागतयोग्य हो’, उनले भने, ‘कोही पनि भोकै नरहुन् भन्ने पवित्र मनसायले नेपाल तरुण दल क्षेत्र नं. १ ललितपुरले स्थानीय तहसँगको समन्वयनमा यही भदौ ९ गतेदेखि चापागाउँमा ‘फुड बैंक’ कार्यक्रम सञ्चालनमा ल्याएको थियो ।’

    ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं भन्ने मानवीय अभिप्रायबाट शुरु गरिएको फुड बैंक ललितपुरमा मात्र सीमित नभएर देशभर चर्चामा आयो’, राणाले भने, ‘सामाजिक दूरी कायम गर्दै नेपाल तरुण दलले सामाजिक सेवाभावले शुरु गरेको फुड बैंक कुनै राजनीति अभिप्रायबाट प्रेरित थिएन ।’

    ‘फूड बैंकमा नागरिकस्तरबाट स्वतस्फुर्त रुपमा बढ्दो सहभागिताले यसको लोकप्रीयता र सार्थकतालाई पुष्टि गर्दछ’, राणाले भने, ‘नेपाल तरुण दल क्षेत्र नं. १ ललितपुरले सुरुवात गरेको फुड बैंकको अवधारणाको सिको गर्दै देशका विभिन्न जिल्लामा यही प्रकृतिको अभियान शुरु भइरहेका छन् । जुन प्रशंसनीय छ ।’ ‘ललितपुरमा भने यो नमूना कार्यक्रममा विना कुनै कारण प्रशासनबाट रोक लगाइएको छ’, उनले भने, ‘जुन अत्यन्तै निन्दनीय मात्र होइन, मानवीय संवेदनाहीन कार्य हो । म सरकारको गैरजिम्मेवारपूर्ण कार्यप्रति खेद व्यक्त गर्दछु ।’

    ‘सरकारी तहबाट सञ्चालित हुनुपर्ने कार्यक्रम नागरिकस्तरबाट स्वतफूर्तरुपमा सञ्चालन गर्दा राज्यले त्यसमा हौसला बढाउनुका साँटो अमूक राजनीतिक दलको प्रभावमा प्रशासन लगाएर पवित्र कार्यमा रोक लगाउनु कति न्यायोचित होला ?’, कांग्रेसका युवा नेता राणाको प्रश्न छ, ‘कोरोना संक्रमणबारे सचेत रहँदै सामाजिक दूरीसहित सञ्चालित कार्यक्रममा सरकारले रोक लगाउनुको कारण के हो ?’

    ‘कसको निर्देशनमा किन प्रशासनले कार्यक्रममा रोक लगायो ? के कुनै राजनीतिक दललाई सामाजिक कार्य गर्न सरकारले बन्देज लगाएको हो ?’, उनको प्रश्न छ, ‘प्रशासन नागरिकको सेवाका लागि वा कुनै अमुक राजनीतिक दलका नेताहरूको निर्देशनमा चल्न ? राहतका लागि एकाबिहानै लाइन लाग्ने ती गरिव, मजदूरहरूको पीडाले पोल्दैन तपाईहरूलाई ?’

    ‘कोरोना कहरका कारण समस्यामा परेका हरकोही नागरिकको सेवा गर्नु हामी सबैको दायित्व हो । त्यसमा पनि राजनीतिक दलको मूल कर्तव्य नै हो’, उनले भनेका छन् । ‘म नेपाली कांग्रेस ललितपुरका तरुण दल लगायतका तमाम साथीहरुलाई स्थानीय सरकारसँग समन्वय गर्दै समस्यामा परेका हरकोही नागरिकको सहयोगमा जुट्न अपील गर्दछु र प्रशासनलाई राजनीतिक आस्थाका आधारमा विभेद नगर्न पनि चेतावनी दिन्छु’, कांग्रेसका युवा नेता राणाले चेतावनी दिएका छन् ।

    झण्डै दुईसता ललितपुरको गोदावरी नगरपालिकाको चपागाउँमा नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनको नेतृत्वमा तरुण दलका नेता तथा कार्यकर्ताहरूले ‘सर्वसाधारणका लागि फुड बैंकको व्यवस्था गरेका थिए । समस्यामा परेका जनताले फुड बैंकबाट खाद्यान्नसहितका सामग्री निःशुल्क लगेका थिए ।

    तर, सो क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित कम्युनिस्ट सांसद नवराज सिलवाल र प्रदेश सांसद चेतनाथ सञ्जललेको दवावमा स्थानीय प्रशासन र प्रहरीले फुड बैंक रोकेको ललितपुर कांग्रेसको आरोप छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७०३:५३:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend