आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
आजको विशेष

कांग्रेसले गर्यो १३ औं सागमा स्वर्णपदक हासिल गर्ने खेलाडीलाई भब्य सम्मान

कांग्रेसले गर्यो १३ औं सागमा स्वर्णपदक हासिल गर्ने खेलाडीलाई भब्य सम्मान

  • मिडिया डबली
  • शुक्रवार, श्रावण १६ २०७७

  • 10.9K
    SHARES

  • कांग्रेसले गर्यो १३ औं सागमा स्वर्णपदक हासिल गर्ने  खेलाडीलाई भब्य  सम्मान

    काठमाडौँ- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेका खेलाडीहरुलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भब्य सम्मान गरेको छ।

    कांग्रेसको खेलकुद विभागले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सम्मान गरेको हो। कांग्रेसले दुई हप्ताअघि खेलकुद विभाग गठन गरेलगत्तै पत्रकार सम्मेलन गर्दै खेलाडीलाई सम्मान गर्ने बताएको थियो।

    सम्मान कार्यक्रममा फुटबल लगायतका स्वर्णविजेता खेलाडीको उपस्थिति थियो। कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, कांग्रेस सह - महामन्त्री डा. प्रकाश शरण महत,नेपाली काँग्रस खेलकुद विभागका प्रमुख मोहनबहादुर वस्नेत, नेपाली कांग्रेसका युवा नेता तथा खेलकुद परिषद्का पूर्व कोषध्यक्ष मीनकृष्ण महर्जन, राष्ट्रिय खेलकुद परिषद् ((राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाललगायतको उपस्थिति थियो।

    nepalicongress.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend