काठमाडौं–नेपाली कांग्रेसका युवा नेता तथा राष्ट्रिय खेलकुदपरिषद्का पुर्वकोषाध्यक्ष मीन कृष्ण महर्जनलाई कांग्रेस खेलकुद विभागको सचिवमा मनोनीत भएको भन्दै अन्तरजिल्ला युवामंच बसन्तपुरले सम्मान गरेको छ।
मंचले खेलकुद क्षेत्रमा विशेष योगदान पुराएका महर्जन खेलकुद विभागमा मनोनित भएको भन्दै सम्मानित गरेको हो।
युवामंचका अध्यक्ष गोबिन्द बास्कोटाले कांग्रेस सभापति शेर बहादुर देउवा र खेलकुद विभा प्रमुख मोहन बहादुर बस्नेतलाई धन्यवाद समेत दिए, महर्जन खेलकुद क्षेत्रका हस्ती हुन्।
महर्जनलाई ५ महिना अगाडि सभापति देउवाले विभागको सचिवमा मनोनीत गरेका थिए। महर्जन खेल क्षेत्र र युवाहरु बिच निकै लोकप्रिय मानिन्छन्।
सम्मान कार्यक्रममा बोल्दै उनले कांग्रेस खेलकुद बिभाग भागबन्डाको कारणले ढिलो गठन भएकोमा दुखेसो पोखेका छन्। यस कार्यक्रमको संयोजक नबराज कुवरले गरेका थिए ।

महर्जनले १ बर्ष मात्र समय भएको भए नेपाली खेलकुद नै कांग्रेसमय बनाउने योजना रहेको बताए। हाम्रो योजना ७ वटै प्रदेशमा संथापक नेताहरुको सम्झनामा राष्ट्रिय स्तरिय प्रतियोगिता गर्ने, प्रदेश स्तरिय प्रतियोगिता र बर्षको एकपटक सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता गर्ने योजना रहेको समेत बताएका छन्।
नेपालमा भएको १३ औ सागमा स्वर्ण हासिल गर्ने खेलाडीहरुलाई नगद पुरुस्कार सहित सम्मान गर्ने कार्यक्रम रहेको महर्जनले बताए।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।