काठमाडौं– ललितपुर क्षेत्र नम्बर एकका नेकपा र राप्रपाका ७२ जना नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन्।
पार्टी प्रवेश गर्ने तेजकुमार लामा राप्रपा खेलकुद विभागका उपाउपाध्यक्ष समेत हुन्। यस्तै राप्रपाबाट देवचन्द्र लामा, झडेन्द्र कुमार लामा, मिलन लामा, भिजेश लामा कांग्रेस प्रवेश गरेका छन्।
नेकपाबाट रामकृष्ण घिमिरे, मनिष घिसिङ, सागर घिसिङ, सुमन घिसिङ, शुक्रराज भोम्जन, प्रदिप घिसिङ, शुष्मा भोम्जन लामा, केशर स्याङतान, सुमन घिसिङ छन्।
यस्तै सुरेश देशार, सुजित श्रेष्ठ, रिकेश महर्जन, रोहित महर्जन, राज देशार, राकेश देशार, नदिप देशार, नदिम देशार, राजेश श्रेष्ठ अनिल देसार, अनिल महर्जन, सुरज तामाङ, विवेक देशार, निरोज कुमाल लगायत छन् ।
नवप्रवेशीहरुलाई पूर्वसूचना तथा संचार मन्त्री तथा कांग्रेसको खेलकुद बिभाग प्रमुख मोहनबहादुर बस्नेतले कांग्रेस केन्द्रीय कार्यालयमा टीका र खादा लगाएर स्वागत गरे।
नेपाली कांग्रेस ललितपुर जिल्लाको आयोजनामा उक्त प्रवेश कार्यक्रममा ललितपुर जिल्ला सभापति मदन बहादुर अमात्य, पूर्वअर्थराज्य मन्त्री उदयशम्सेर राणा, नेपाली कांग्रेस खेलकुद विभाग सचिव मीन कृष्ण महर्जन, नेता ऋषिराम घिमिरे, खोम प्रसाद घिमिरे, क्षेत्रीय सभापति राजन घिमिरे, बागमती गाउँपालिका प्रमुख वीर बहादुर लोप्चन, उप प्रमुख रन्जना घिमिरे लगायत उपस्थित थिए।







मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।