आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस नेता महर्जनको समन्वयमा ललितपुरमा सुरु भयो 'फुड बैंक'

कांग्रेस नेता महर्जनको समन्वयमा ललितपुरमा सुरु भयो 'फुड बैंक'

  • मिडिया डबली
  • मंगलवार, भाद्र ९ २०७७

  • 14.3K
    SHARES

  • कांग्रेस नेता महर्जनको समन्वयमा ललितपुरमा  सुरु भयो 'फुड बैंक'
    फाइल तस्वीर

    काठमाडौं - कोरोना भाइरसको माहामारिले देशको अस्बथा उथलपुथल भएको बेला विभिन्न जिल्लामा ‘फुड बैंक’ अभियान थालिएको छ ।

    खाद्यान्न दिएर जाने, नहुनेले लिएर जाने फुड बैंक लोकप्रिय भएको छ । नेपाली कांग्रेसको भ्रातृसंगठन तरुण दलले मोरङबाट सुरु गरेको यो अभियान विभिन्न जिल्लामा ब्यापक फैलिँदै गएको छ । 

    कांग्रेसका लोकप्रिय युबा नेता तथा  नेपाली काँग्रेस खेलकुद बिभाग सचिव मीनकृष्ण महर्जनको समन्वयमा तरुणदलले ललितपुरमा पनि फुड बैंक सुरु गरिएको छ। ललितपुर जिल्ला अन्तर्गत गोदावरी नगरपालिका वडा नं ११ चापागाउँमा फुड बैंक सुरु भएको हो।

    लकडाउनका कारण अतिविपन्न वर्गका नागरिकका लागि फुड बैंकको अभियान थालिएको तरुण दलले जनाएको छ । यसका लागि एउटा फ्लेक्स राखिएको हुन्छ । एउटा टेबुल र बेन्चमा चामल, दाल, सोयाबिनको मस्यौरा पोकामा राखिन्छ । 

    जो जो सम्पन्न छन्, जसको घरमा खानेकुरा छ, उनीहरूले त्यहाँ ल्याएर जम्मा गरिदिन्छन् । लकडाउनका कारण रोजगारी गुमेका, दैनिक मजदुरी गरेर जीवन चलाउने वर्गले भने यस्तो फुड बैंकबाट लाभ लिइरहेका छन् । 

    महर्जनको समन्वयमा तयार गरिएको ‘फुड बैंक’ मा तरुणदलका नेता उमेश कायस्थ, निलेश महर्जन, महेश्वर देशार, सुशान शाक्य, सर्जु श्रेष्ठ, अमिर महर्जन, दिकेश देशार लगाएतलेसाथ् दिएका छन्।

    महर्जनले कोरोना भाइरसको माहामारीका बेला संकटमा परेकाहरुलाई निकै सहयोग गरिरहेका छन् । उनले ललितपुरको महालक्ष्मी मन्दिर र बटुक भैरब मन्दिरमा मागेर खानेहरुरूलाई खाना खुवाएका थिए ।

    मागेर खानेहरु अहिले भोकमारीमा हुँदा नेता महर्जनले दैनिक रुपमा बिहान र बेलुकी १५० देखि २०० जनाको समूहलाई ५० दिनसम्म खाना खुवाइसकेका छन्।

    त्यस्तै उनले दैनिक ज्यालादारी गर्ने मजदुरहरू समेत समस्या परे आफूलाई सम्पर्क गर्न आग्रह गरेका छन् । उनले गरीब विपन्नहरुलाई पनि घरमै गएर सहयोग गरिरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र २० २०७७११:३०:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend