काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा सहभागी हुने ३५ सदस्यीय प्रतिनिधिमण्डलको सूची सार्वजनिक भएको छ। यसअघि ३४ सदस्यीय रहने तय भएको भ्रमण टोलीमा अन्तिम समयमा एक जना थपिएपछि प्रतिनिधिमण्डल ३५ सदस्यीय बनेको हो।
प्रधानमन्त्री शाहको नेतृत्वमा भारत जाने टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका सल्लाहकार, उच्च सरकारी अधिकारी, सुरक्षा निकायका प्रतिनिधि तथा सञ्चारकर्मी सहभागी छन्।
भ्रमण टोलीमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रदेखि विभिन्न मन्त्रालयका सचिव, सहसचिव तथा अन्य अधिकारीसमेत समेटिएका छन्। सरकारी सञ्चारमाध्यम गोरखापत्र, राष्ट्रिय समाचार समिति (रासस) र नेपाल टेलिभिजनका प्रतिनिधि पनि टोलीमा सहभागी छन्।
भारत भ्रमणमा जाने प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीको सचिवालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय तथा अन्य सरकारी निकायका अधिकारीसँगै सुरक्षा र शिष्टाचार व्यवस्थापनमा खटिने कर्मचारीसमेत छन्।
१. बालेन्द्र शाह — प्रधानमन्त्री
२. डा. स्वर्णिम वाग्ले — अर्थमन्त्री
३. शिशिर खनाल — परराष्ट्रमन्त्री
४. कुमार ब्यञ्जनकार — प्रधानमन्त्रीका प्रमुख सल्लाहकार
५. असिम शाह — प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार
६. विवेक मिश्र — प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार
७. गोविन्दबहादुर कार्की — मुख्यसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
८. अमृतबहादुर राई — सचिव, परराष्ट्र मन्त्रालय
९. रुद्रसिंह तामाङ — सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
१०. सुभाष शर्मा — प्रधानमन्त्रीका प्रमुख निजी सचिव
११. याङ्की उक्याब — प्रमुख कार्यकारी अधिकृत, लगानी बोर्ड नेपाल
१२. जगदीश्वर पाण्डे — परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार
१३. प्रदीप परियार — प्रधानमन्त्रीका निजी सचिव
१४. गहेन्द्रराज भण्डारी — सहसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय
१५. कुमारराज खरेल — प्रमुख शिष्टाचार महापाल, परराष्ट्र मन्त्रालय
१६. लोकबहादुर पौडेल क्षेत्री — सहसचिव तथा प्रवक्ता, परराष्ट्र मन्त्रालय
१७. अमृत लाम्साल — सहसचिव, अर्थ मन्त्रालय
१८. सुभाष ढकाल — सहसचिव, सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
१९. सुनील पौडेल — सहसचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
२०. दीपा दाहाल — प्रधानमन्त्रीका सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक
२१. ललिता सिलवाल — उपसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय
२२. विजयराज तण्डुकार — उपसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय
२३. लोचन पौडेल — परराष्ट्रमन्त्रीका प्रमुख निजी सचिव
२४. दीपकराज निरौला — शिष्टाचार अधिकृत, परराष्ट्र मन्त्रालय
२५. मनोज गैरे — शाखा अधिकृत, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय
२६. लेफ्टिनेन्ट कर्णेल बालमुकुन्द बिष्ट — प्रधानमन्त्रीका प्रमुख सैनिक सहयोगी (एडीसी)
२७. मेजर सुशील बानियाँ — प्रधानमन्त्रीका सुरक्षा अधिकारी
२८. डीएसपी दिपेश बस्याल — प्रधानमन्त्रीका सुरक्षा अधिकारी
२९. विनय शाक्य — प्रधानमन्त्रीका निजी उपसचिव (सञ्चार)
३०. तारा हमाल ढुंगाना — संवाददाता, गोरखापत्र
३१. कमल कुमार बस्नेत — संवाददाता, राष्ट्रिय समाचार समिति (रासस)
३२. अशोककुमार बस्नेत — भिडियोग्राफर, नेपाल टेलिभिजन
३३. प्रेमराज गौतम — उपप्रमुख शिष्टाचार महापाल, परराष्ट्र मन्त्रालय
३४. मेजर रोशन केसी — प्रधानमन्त्रीका सैनिक सहयोगी (एडीसी)
३५. मुकेश डंगोल — क्यानका महानिर्देशक
प्रधानमन्त्रीको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा राजनीतिक नेतृत्व, प्रशासनिक संयन्त्र, कूटनीतिक अधिकारी, सुरक्षा निकाय र सञ्चार क्षेत्रका प्रतिनिधिहरू समेटिएका छन्। टोलीमा अर्थ र परराष्ट्र मन्त्रालयका मन्त्रीदेखि प्रधानमन्त्रीको सचिवालयका सल्लाहकार तथा निजी सचिवसम्म सहभागी छन्।
भारत भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य तथा साझा हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। भ्रमणले नेपाल–भारत सम्बन्धलाई कुन दिशामा अघि बढाउँछ र कुन विषयले प्राथमिकता पाउँछन् भन्ने चासोसमेत बढेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।