आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एक महिना पनि टिकेन बालेनको फूर्तीफार्ती, फोहोर उठाउन नसकेपछि देउवाले बोलाएर दिए यस्तो निर्देशन

एक महिना पनि टिकेन बालेनको फूर्तीफार्ती, फोहोर उठाउन नसकेपछि देउवाले बोलाएर दिए यस्तो निर्देशन

  • मिडिया डबली
  • बिहिवार, जेठ २६ २०७९

  • 16.4K
    SHARES

  • एक महिना पनि टिकेन बालेनको फूर्तीफार्ती, फोहोर उठाउन नसकेपछि देउवाले बोलाएर दिए यस्तो निर्देशन

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई बोलाएर काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा जानकारी लिएका छन्।

    काठमाडौंको फोहोर व्यवस्थापन जटिल बनेका बेला प्रधानमन्त्री देउवाले महानगरप्रमुख शाहलाई बोलाएर जानकारी लिएका हुन्। विगत २ साता यता काठमाडौंको फोहोर उठ्न सकेको छैन। बन्चेडाँडाका स्थानीयवासीले फोहोर विर्सजनमा अवरोध गरिरहेका छन्। जसका कारण काठमाडौंको सडकमा फोहोर थुप्रिएको छ। 

    महानगर प्रमुख शाहलाई फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न सरकारको साथ रहनेभन्दै प्रधानमन्त्रीले बञ्चरेडाँडका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दिर्घकालिन समाधान खोज्न आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    गत सोमबार शहरी विकास मन्त्रालय, काठमाडौं महानगर, धादिङको धुनीवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधिबीच फोहोर व्यवस्थापनका सन्दर्भमा सहमति भएको थियो। तर, स्थानीयले आफूहरुलाई जानकारी नदिइ गरिएको सहमति नमान्ने बताउँदै निरन्तर अवरोध गर्दै आएका छन्।

    स्थानीयबासी सहितको बैठक भोली बोलाइएको छ। शहरी विकास मन्त्रालय, महानगर, स्थानीयवासी, धुनीवेशी नगरपालिका र ककनी गाउँपालिकाकाबीचमा छलफल हुने बताइएको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ४ २०७९०४:२३:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend