काठमाडौं- नेपाली गीत–सङ्गीतको क्षेत्रमा बिन्दवासिनी म्युजिक प्रालिबाट सार्वजनिक गीत ‘फुल्यो फूल भिरैमा’ले युट्युबमा २१ लाखभन्दा बढी भ्युज पाएको छ। समीक्षा अधिकारी र अर्जुन सापकोटाको स्वर रहेको गीतले दर्शक तथा श्रोतामाझ राम्रो आकर्षण बनाएको छ।
नारायण ज्ञवालीको शब्द र श्रीधर अधिकारीको सङ्गीत रहेको गीतमा अर्जुन सापकोटा र जुना विश्वकर्माले अभिनय गरेका छन्। विशाल घिमिरेको निर्देशनमा तयार भएको भिडियोमा बुद्ध थापाको छायाङ्कन र मुकेश नेपालीको कोरियोग्राफी रहेको छ।
गीतको रेकर्डिङ कुमार विश्वकर्माले गरेका हुन् भने एरेन्ज, मिक्सिङ तथा मास्टरिङ एचबीएन किस्मतले गरेका छन्। अमृत चापागाईंले भिडियोको सम्पादन तथा कलर गरेका छन्। गीतका निर्माता सुबास रेग्मी हुन्।
बिन्दवासिनी म्युजिकले प्रस्तुत गरेको ‘फुल्यो फूल भिरैमा’ले समाचार बनाउदा सम्ममा युट्युबमा २१ लाख २३ हजार ७५३ भ्युज प्राप्त गरेको छ। नेपाली लोकसङ्गीतको मिठास र कलाकारहरूको प्रस्तुतिसहितको यस गीतले डिजिटल प्लेटफर्ममा उल्लेखनीय दर्शक पाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।