आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

काठमाडौंमा सुरुभयो बालेन आतंक! बैठक भत्तामा १ करोड ३८ लाख रुपैयाँ

काठमाडौंमा सुरुभयो बालेन आतंक! बैठक भत्तामा १ करोड ३८ लाख रुपैयाँ

  • मिडिया डबली
  • बिहिवार, आषाढ २ २०७९

  • 10.8K
    SHARES

  • काठमाडौंमा सुरुभयो बालेन आतंक! बैठक भत्तामा १ करोड ३८ लाख रुपैयाँ

    काठमाडौं ।  काठमाडौं महानगरपालिकाले आगामी आर्थिकको बजेट निर्माणका लागि वडाहरूलाई बजेटको सिलिङ पठाएको छ ।

    महानगरपालिकाले ३२ वटा वडालाई ठूला, मझौला र साना वडामा वर्गीकरण गरेर बजेटको सिलिङ पठाएको हो । वडा कार्यालयबाट कार्यान्वयन हुने प्रशासनिक,सामाजिक र पूर्वाधार खर्चतर्फ निर्धारण गरिएको सीमाभित्र रहेर सात दिनभित्र सिलिङ पठाउन महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले परिपत्र गरेका छन्। 

    ३२ वटै वडाले गरेर आउँदो वर्षका लागि दुई अर्ब ७१ करोड ५३ लाख रुपैयाँसम्मको बजेट माग गर्न सक्नेछन् ।  महानगरले बजेटको सिलिङ बनाउँदा पदाधिकारी बैठक भत्ताका लागि चार लाख ३२ हजार रुपैयाँ भित्रै रहने गरी बनाउन भनेको छ ।

    यसरी ३२ वटा वडाले पदाधिकारीको बैठक भत्तामा एक करोड ३८ लाख २४ हजार रुपैयाँसम्म बजेट खर्च गर्न पाउनेछन् । यस्तै पानी बिजुलीका लागि ६४ लाख, सञ्चार महसुलका लागि १५ लाख ३६ हजार, मसलन्द तथा कार्यालय सामग्रीमा ८८ लाख, पत्रपत्रिका छपाइ तथा सूचना प्रकाशन खर्चमा ३२ लाख र विविध खर्चमा ८० लाख रुपैयाँसम्म बजेट माग गरेर खर्च गर्न सक्नेछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ४ २०७९०४:२३:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend