काठमाडौं । काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन साहले महानगरमा फोहोरको समस्या समाधान नभएसम्म अन्तर्वार्ता नदिने घोषणा गरेका छन्।
शुक्रबार धन्यवाद सभा सकेर काठमाडौंको ल्यान्डफिल्ड साइट सिस्डोल र बञ्चरेडाँडाको अवलोकनपछि यस्तो बताएका हुन्। ‘फोहोर समस्याको दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव मनाउँदिनँ। खादा र माला पनि लाउने छैन,’ उनले भने, ‘यो समस्या समाधान नभएसम्म अन्तर्वार्ता समेत दिने छैन।’
बालेन शुक्रबार बिहान मात्र महानगरको मेयर विजयी घोषणा भएका हुन्। उनी स्वतन्त्रतर्फबाट पहिलोपटक काठमाडौं महानगरको मेयर बनेका हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।