काठमाडौं - काठमाडौं महानरको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका बालेन्द्र शाह (बालेन) को चर्चा युवापुस्ता र सेलेब्रिटीमाझ बढी छ।
युवाहरूको ठूलो जमात उनको समर्थनमा उत्रिएको छ। सामाजिक सञ्जाल बालेनकै पक्षमा देखिन्छ। प्रायः राजनीतिक विषयमा चुप लाग्ने कलाकारहरू पनि बालेनको पक्षमा बोलेका छन्। उनीहरूले खुलेरै बालेनलाई भोट मागिरहेका छन्।
कलाकारिता क्षेत्रबाहेकका केही व्यक्तिहरू जो राजनीतिक दल र नेतासँग असन्तुष्ट छन्, बालेनको पक्षमा उभिएका छन्। पाइलट विजय लामाले उनको पक्षमा भोट मागेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बालेनलाई शुभकामनासमेत दिएका छन्। बालेन पेसाले इन्जिनियर तथा र्यापर हुन्।
अभिनेता निश्चल बस्नेत, अभिनेत्रीहरू प्रियंका कार्की, स्वस्तिमा खड्का, नम्रता श्रेष्ठ, गायिका इन्दिरा जोशी, गायकहरू राजेशपायल राई, हेमन्त शर्मालगायतले बालेनको समर्थनमा भोट मागेका छन्। अधिकांशले बालेनको घोषणापत्र मन परेको प्रतिक्रिया दिएका छन्।
तर, अहिले एमालेका उम्मेदवार केशव स्थापितझैं बालेन शाह पनि विवादको घेरामा परेका छन् । स्थापितले महिलालाई हेपेको गुनासो आइरहेका बेला बालेनसँग पनि महिलावादी असन्तुष्ट देखिन थालेका छन् ।
बिहीबार नेसनल कलेजले आयोजना गरेको कार्यक्रममा बालेन शाहले गाएका गीतबारे प्रश्न उठेको थियो । बालेनका गीतमा महिलालाई होच्याएको, गालीगलौज गरेको, उनीहरूको सम्मान गर्न नसकेको आरोप लागेको छ ।
लेखिका सरिता तिवारीले बिहीबार सामाजिक सञ्जाल ट्विटरमा बालेश शाहलाई एमालेका मेयर उम्मेदवार केशव स्थापितसँग दाँजेर दुवैलाई भोट नदिन आग्रह गरेकी छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।