सोमवार, मंसिर ८ २०८३Nov 23 2026

Logo
images images

फ्लाइट राडारमा विश्वकै सबैभन्दा बढी हेरियो बालेन सवार जहाज

फ्लाइट राडारमा विश्वकै सबैभन्दा बढी हेरियो बालेन सवार जहाज

  • मिडिया डबली
  • आइतवार, मंसिर ७ २०८३

  • 198
    SHARES

  • फ्लाइट राडारमा विश्वकै सबैभन्दा बढी हेरियो बालेन सवार जहाज

    काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारत भ्रमणमा निस्किएसँगै उनी सवार जहाज विश्वकै सर्वाधिक ट्र्याक गरिएको उडान बनेको छ। आइतबार दिउँसो काठमाडौँबाट नयाँ दिल्लीका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजलाई प्रत्यक्ष उडान ट्र्याकिङ वेबसाइट ‘फ्लाइट राडार २४’ मा एकैपटक २ हजार २१५ जनाले हेरिरहेका थिए।

    प्रधानमन्त्री बालेन सवार एयरबस ए–३२० जहाज निर्धारित समयभन्दा २३ मिनेट ढिलो गरी दिउँसो २ बजेर ८ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो। उडान नम्बर आरए २१७ रहेको जहाज नयाँ दिल्लीका लागि प्रस्थान गरेको हो।

    फ्लाइट राडार २४ को नक्सामा जहाज काठमाडौँबाट उडेर कोटेश्वर, ललितपुरका विभिन्न क्षेत्र हुँदै दिल्लीको मार्गमा अघि बढेको देखिएको थियो। प्रधानमन्त्रीको भारत भ्रमणप्रति अन्तर्राष्ट्रिय स्तरमा समेत चासो देखिएको संकेतका रूपमा यो उडानको उच्च ट्र्याकिङलाई हेरिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ ४ २०७९०४:२३:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend