काठमाडौं - काठमाडौं महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम संशोधन प्रस्ताव सहित सर्वसम्मत पारित गरेको छ ।
महानगरपालिकाले ११ औं नगरसभाको दोस्रो बैठकले नगरसभा सदस्यहरुले प्रस्ताव गरेको संशोधन सहित पारित भएको हो ।
महानगरका मेयर बालेन साहले नगरसभा सदस्यहरुले उठाएको विषयहरुलाई संशोधनसहित स्वीकार गरेर अगाडी जाने बताउँदै संशोधन सहित नीति तथा कार्यक्रम पारित गर्ने प्रस्ताव राखेको थियो । जसलाई नगर सभा सदस्यहरुले सर्वसम्मत पास गरेका हुन् ।
नगरसभा सदस्यहरुले काठमाडौं वडाहरुको भवन निर्माणदेखि टुँडिखेल खाली गर्नेसम्म माग गरेका थिए । सभामा बोल्दै वडा नं. ९ का टेकराज अधिकारीले वडा वडामा मतदाता नामावली संकलन गर्नुपर्ने माग गरेका थिए ।
यस्तै वडा नं. २९ का सन्तोष ढुंगेलले महानगरको कार्यालयमा दोभासेको अभावले कान नुसन्नेहरुको लागि समस्या भएको बताएका थिए । ढुंगेलले निर्माण हुन बाँकी रहेका वडा भवनहरु तत्काल बनाउनुपर्ने बताउँदै प्रत्येक वडामा मेलमिलापकर्ताले काम गर्न नसकेको भन्दै प्रभावकारी बनाउन माग गरे ।
नगर सभासदस्य शोभादेवी मानन्धरले नक्सा पास नगरी बनाएका घर घरधनीकै खर्चमा भत्काउने वा नक्सा पास गराउनको लागि पहल गर्नुपर्ने बताइन् । उनले नीति तथा कार्यक्रम शब्दमा राम्रो आएकोले व्यवहारमा उतार्न आवश्यक रहेको बताइन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।