बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

एकीकृत समाजवादीसँग एकता हुन धेरै समय लाग्दैन  गौतम

एकीकृत समाजवादीसँग एकता हुन धेरै समय लाग्दैन  गौतम

  • मिडिया डबली डेक्स
  • बुधवार, पौष १७ २०८१

  • 633
    SHARES

  • एकीकृत समाजवादीसँग एकता हुन धेरै समय लाग्दैन  गौतम

    काठमाडौँ । वामदेव गौतमले आफू र आफू नेतृत्त्वको एकता अभियान माधवकुमार नेपाल नेतृत्त्वको नेकपा एकीकृत समाजवादीबीच पार्टी एकता हुने निश्चित भएको बताएका छन्।

    बुधवार एकीकृत समाजवादीको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीका पदाधिकारीसँग भएको छलफलपछि गौतमले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले समझदारी विकास गर्नेबारेमा छलफल भएको र एकता हुन धेरै समय नलाग्ने उल्लेख गरे।

    छलफलपछि संयोजक गौतमले एकीकृत समाजवादीका पदाधिकारीसँग भएको छलफल सकारात्मक रहेको बताए। उनले राजनीतिक, सैद्धान्तिक, वैचारिक विषयमा समेत छलफल भएको बताए। उनले एकताबद्ध भइ अघि बढ्नेबारे सैद्धान्तिक सहमति जुटेको समेत बताए। 

    उनले नेता भीम रावललाई पार्टीमा प्रवेश गराउनेबारेमा पनि छलफल भइरहेको बताए। भीम रावललाई पार्टीमा स्वागत गर्न आफूहरु तयार रहेको उनले बताए। उनले भीम रावलसँगको छलफल पनि सकारात्मक रुपमा अघि बढिरहेको दावी गरे।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र ११ २०७८०८:३८:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend