आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नयाँ पार्टी खोल्दा माधव नेपाल र महन्थ ठाकुरको पक्षमा को–को ? पढ्नुहोस् सबैको नामावली

नयाँ पार्टी खोल्दा माधव नेपाल र महन्थ ठाकुरको पक्षमा को–को ? पढ्नुहोस् सबैको नामावली

  • मिडिया डबली
  • बिहिवार, भाद्र १० २०७८

  • 4.0K
    SHARES

  • नयाँ पार्टी खोल्दा माधव नेपाल र महन्थ ठाकुरको पक्षमा को–को ? पढ्नुहोस् सबैको नामावली

    काठमाडौं – नेकपा एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी पार्टी र जसपाबाट विभाजित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले राजनीतिक दलको मान्यता पाएको छ ।

    निर्वाचन आयोगको बुधवार राति बसेको बैठकले दुबै दलले कानूनअनुसार दल दर्ताका लागि प्रक्रिया पुर्‍याएपछि दर्ता गर्ने निर्णय गर्दै दल दर्ताको आधिकारिक प्रमाणपत्र दिएको छ ।

    आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगले प्रस्तावित दुबै दललाई कानूनी आधार सहितका प्रक्रिया पुर्‍याएर दलको मान्यता प्रदान गरेको बताएका छन् ।

    ‘नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) नामक राजनीतिक दलबाट छुट्टिई बनेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) नामक राजनीतिक दललाई राजनीतिक दलसम्बन्धी ऐन २०७३, (दोस्रो संशोधन अध्यादेश, २०७८) को दफा ३३ बमोजिम निर्वाचन आयोगमा दर्ता गर्नेगरी आयोगबाट निर्णय गरी प्रमाणपत्र दिइएको,’ आयोगको तर्फबाट दिइएको पत्रमा उल्लेख छ ।

    सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशको सुविधा प्रयोग गरेर माधवकुमार नेपाल र महन्थ ठाकुरले नयाँ दल गठन गर्न आयोगमा निवेदन दिएका थिए ।

    अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याएपछि दल विभाजन गर्न सकिने व्यवस्था रहेको छ ।

    नेकपा एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी पार्टी गठनका लागि एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीका ५५ जनाले सनाखत गरेका थिए । जुन संख्या २७ प्रतिशत रहेको छ ।

    नेपाल पक्षले केन्द्रीय कमिटीमा अध्यादेशअनुसार संख्या पुर्‍याए पनि संसदीय दलमा २० प्रतिशत पुर्‍याउन सकेन । एमालेको १५४ सदस्यीय संसदीय दलका ३० जनाले मात्र नेपाल अध्यक्ष रहने दलमा सनाखत गरेका छन् । यो संख्या एमालेको संसदीय दलको कूल संख्याको १९.४८ प्रतिशत मात्रै रहेको छ । आयोगमा सनाखतका लागि पुगेका ३ जना सांसदले भने सनाखत गर्न नपाउँदा २० प्रतिशत संख्या अपुग भएको हो ।

    नयाँ दल दर्ताका लागि जसपाका ५१ सदस्यीय कार्यकारिणी समितिका १६ जनाले सनाखत गरे । यो कूल सदस्य संख्याको ३३ प्रतिशत रहेको छ । संघीय संसद्का १४ जना सांसदले लोसपाका पक्षमा सनाखत गरेका आयोगले जानकारी दिएको छ ।

    आयोगले तोकेको बिहान ११–२ बजेसम्मको समयसीमाभित्रै आयोग परिसरमा सशरीर उपस्थित भएर नयाँ दल दर्ताका लागि दुबै दलका हस्ताक्षरकर्ताले सनाखत गरेका थिए ।

    निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालको सनाखत दिल्लीस्थित नेपाली दूतावासमार्फत् गराएको छ ।

    आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दिल्लीस्थित राजदूतावासमार्फत खनालको सनाखत गराइएको बताए । ‘झलनाथ खनालले दूतावासमार्फत गरेको हस्ताक्षर सनाखत भएको छ, उहाँसहित ५५ जनाको नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत भएको हो,’ उनले भने । नेता खनाल हाल स्वास्थ्य उपचारका लागि भारतको दिल्लीमा रहेका छन् ।

    लोसपाको हस्ताक्षर सनाखतमा रेशमलाल चौधरीको सनाखत भएको छैन । उनको नाम र हस्ताक्षर प्रस्तावित दलका पक्षमा नभएकाले उनी आयोगमा सनाखतका लागि नगएका हुन् ।

    ‘रेशमलाल चौधरीको हस्ताक्षर सनाखत भएन, उहाँको नाम प्रस्तावित दलमा थिएन,’ प्रवक्ता श्रेष्ठले भने ।

    ठाकुर पक्षले पहिले प्रस्ताव गरेको दलको नाममा चौधरीको हस्ताक्षर थियो तर पछि दलको नाम फेरेर बुझाउँदा चौधरीको नाम र हस्ताक्षर दुबै नरहेको पाइएको आयोगले जानकारी दिएको छ ।

    आयोगले भदौ ४ गते अध्यादेश अनुसार नियमावली संशोधन गरेपछि पुनः दल दर्ता निवेदन माग गर्दा चौधरीको नाम समावेश भएको थिएन ।

    यी हुन् नेपाल पक्षमा सनाखत गर्ने ३० संघीय सांसद –

    माधवकुमार नेपाल
    मुकुन्द न्यौपाने
    कल्याणीकुमारी खड्का
    विरोध खतिवडा

    जीवनराम श्रेष्ठ
    रामकुमारी झाँक्री
    निरादेवी जैरु

    प्रेमबहादुर आले
    मेटमणि चौधरी
    सरला यादव
    भवानी खापुङ

    पुष्पाकुमारी कर्ण कायस्थ
    समिना हुसेन
    कृष्णलाल महर्जन

    कृष्णकुमार श्रेष्ठ
    कलिला खातुन
    हिराचन्द्र केसी
    धनबहादुर बुढा

    गोपालबहादुर बम
    पार्वतीकुमारी विशुंखे
    लक्ष्मी चौधरी

    विना बुढाथोकी
    बेदुराम भुसाल
    शेरबहादुर कुँवर

    ठगेन्द्रप्रकाश पुरी
    उदया शर्मा (पौड्याल)
    सिंगबहादुर विश्वकर्मा
    नन्दा चपाईं

    शान्तिकुमारी अधिकारी जिसी
    झलनाथ खनाल (भारतबाट सनाखत)

    यी हुन् ५५ केन्द्रीय सदस्यहरू –

    माधव नेपाल
    मुकुन्द न्यौपाने
    प्रदीप नेपाल
    बेदुराम भुसाल

    प्रमेशकुमार हमाल
    राजेन्द्रप्रसाद पाण्डे
    डा. विजयकुमार पौडेल

    गंगालाल तुलाधर
    प्रकाश ज्वाला
    नागेन्द्रप्रसाद चौधरी
    जयन्ती राई

    तुलबहादुर गुरुङ
    जगन्नाथ खतिवडा
    प्रतापलाल श्रेष्ठ
    जीवनराम श्रेष्ठ

    धर्मनाथप्रसाद साह
    रामचन्द्र यादव
    यदुवंश झा
    रत्नेश्वर गोइत यादव

    श्रीप्रसाद साह
    रविन्द्र बैठा धोवी
    लक्ष्मण पौडेल

    मदनकुमारी शाह (गरिमा)
    विरोध खतिवडा
    मेटमणि चौधरी

    विश्वनाथ प्याकुरेल
    प्रेमलकुमार खनाल
    विजय गुरुङ
    सावित्रा भुसाल

    रामकुमारी झाँक्री
    गौरा प्रसाईं कोइराला
    रामकुमार ज्ञवाली
    खगेन्द्र चुडाल

    सरलाकुमारी यादव
    सुधिरप्रसाद साह
    कल्याणीकुमारी खड्का
    शत्रुघन महतो

    रामचन्द्र साह
    दिनेशकुमार राई
    हंशबहादुर शाही
    शेरबहादुर केसी

    निरादेवी जैरु
    प्रेमबहादुर आले
    भागवत नेपाली
    चुडामणि विक जंगली

    घनेन्द्र बस्नेत
    राजेन्द्रकुमार राई
    बलदेव चौधरी
    डा. देउमान सम्बाहम्फे

    भाष्कर काफ्ले
    कृष्णप्रसाद खनाल
    मोहम्मद महफुज अन्सारी
    हरिप्रसाद पराजुली

    केदार न्यौपाने
    झलनाथ खनाल (भारतबाट सनाखत)

    आयोगमा उपस्थित भएपनि सनाखत गर्न नपाएकाहरू –

    माया ज्ञवाली
    तुलसा थापा

    सोमप्रसाद पाण्डे
    शारदादेवी भट्ट

    यी हुन् लोकतान्त्रिक समाजवादीका पक्षमा सनाखत गर्नेहरू –

    महन्थ ठाकुर
    राजेन्द्र महतो
    शरतसिंह भण्डारी
    अनिलकुमार झा

    लक्ष्मणलाल कर्ण
    चन्दा चौधरी
    निर्जला राउत
    विमलप्रसाद श्रीवास्तव

    उमाशंकर अरगरीय
    एकवाल मियाँ
    चन्द्रकान्त चौधरी
    दुलारीदेवी खँग खत्वे

    कल्लुदेवी विश्वकर्मा
    शेखरकुमार सिंह (राष्ट्रिय सभा )

    यी हुन् केन्द्रीय कार्यकारिणी सदस्यहरू –

    महन्थ ठाकुर
    राजेन्द्र महतो
    शरतसिंह भण्डारी
    अनिलकुमार झा

    सर्वेन्द्रनाथ शुक्ल
    वृशेषचन्द्र लाल
    जितेन्द्रप्रसाद सोनार

    उमाकान्त झा
    चन्दा चौधरी
    लक्ष्मणलाल कर्ण

    राकजुमार लेखी
    केशवकुमार झा
    अकबाल अहमद शाह
    निर्जला राउत

    सुनिलकुमार झा (रोहित)
    दानबहादुर विश्वकमार्

    आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक २१ २०७७०७:२२:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend