काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट विभाजित भई बनेको अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामै एमालेलाई ठूलो धक्का दिएको छ ।
अध्यक्ष ओली निर्वाचित जिल्ला झापामा एमालेबाट फुटेर बनेको पार्टी नेकपा एकीकृत समाजवादीले संगठन विस्तारलाई तीब्र पारेपछि धक्का लागेको हो ।
पार्टी संगठन र कार्यालयहरु विस्तार गर्ने क्रममा शनिबार ओलीकै गृहनगर दमकमा एकीकृत समाजवादी पार्टीको कार्यालय स्थापना गरिएको पार्टीका जिल्ला अध्यक्ष बेदराज रेग्मीले बताएका छन् ।
भोलि शनिबार केही भातृ संगठन र पार्टीको एकीकृत कार्यालय दमकमा स्थापना गरिने उनले बताए ।
एमाले विभाजनपछि झापामा एकीकृत समाजवादीको उपस्थिति कमजोर रहेको टिप्पणी गरिरहेका बेला समाजवादीले धक्का दिएको छ । एकीकृत समाजवादीले ओलीको गृहजिल्ला झापामा संगठन विस्तारको कामलाई तीब्र पारेको छ ।
झापा जिल्लाका १५ वटै पालिकामा कमिटी गठन गर्ने काम सुरू भइसकेको रेग्मीले बताए । कोरोना भाइरस संक्रमणको परिस्थितिलाई हेरेर पार्टीको संगठन विस्तार गरिराखिएको रेग्मीले जानकारी दिए ।
एमालेको नवौं महाधिवेशनमा २ वैकल्पिक केन्द्रीय सदस्यसहित ४ केन्द्रीय सदस्य निर्वाचित भएपनि समाजवादीतिर कोही गएका छैनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।