काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट विभाजन भएर गठन भएको अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले स्थायी कमिटीका रूपमा काम गर्ने गरी ५ जना नेतालाई जिम्मेवारी दिएको छ ।
अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, नेताहरू बेदुराम भुसाल, मुकुन्द न्यौपाने र प्रमेश हमाललाई स्थायी कमिटी सदस्यका रूपमा काम गर्ने जिम्मेवारी तोकिएको छ ।
एकीकृत समाजवादी पार्टीमा रामकुमारी झाँक्री र राजेन्द्र पाण्डेको नाम चर्चामा आउने गरेपनि यी दुवै स्थायी कमिटीमा नपरी हेरेको हेर्यै भएका छन् । पार्टीको स्थायी कमिटीमा १ जना पनि महिला परेका छैनन् ।
कमिटीगत प्रणाली बसाउन समय लाग्ने भएकाले तत्कालका लागि स्थायी कमिटीका रूपमा काम गर्ने गरी पार्टीले जिम्मेवारी तोकेको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।