आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

पर्सि माधव नेपालको पार्टीमा चुनाव, कसले कुन पद पाउँलान् ?

पर्सि माधव नेपालको पार्टीमा चुनाव, कसले कुन पद पाउँलान् ?

  • मिडिया डबली
  • शुक्रवार, भाद्र ११ २०७८

  • 5.4K
    SHARES

  • पर्सि माधव नेपालको पार्टीमा चुनाव, कसले कुन पद पाउँलान् ?

    काठमाडौं – नेकपा एमालेबाट विभाजित भई बनेको अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पर्सि आईतवार संसदीय दलको नेता चयन गर्ने भएको छ ।

    संसदीय दलको नेताको चुनावमा अध्यक्ष नेपाल एकल उम्मेदवार रहेकाले उनी नै नेता चुनिने स्रोतले जनाएको छ ।

    नेकपा एमालेबाट अलग भएका पूर्व प्रधानमन्त्री नेपाल नेतृत्वको एकीकृत समाजवादीले भदौ ९ गते निर्वाचन आयोगबाट वैधानिकता पाएको थियो ।

    दलको नेता चुन्न आईतवार संसदीय दलको बैठक बोलाइएको छ । दलको नेता चयन भएपछि उपनेता, प्रमुख सचेतक र सचेतक चयन गरिनेछ । 

    एकीकृत समाजवादी पार्टीमा प्रतिनिधि सभामा २३ र राष्ट्रिय सभामा ७ सांसद रहेका छन् ।

    दल विभाजनको निवेदन दर्ता भइसकेपछि समाजवादीतिर लागेका सांसदहरू सोमप्रसाद पाण्डे, तुलसा थापा, माया ज्ञवाली र शारदादेवी भट्टले पार्टीको पक्षमा सनाखत गर्न नपाएपनि समाजवादी पार्टीमै रहेका जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक २१ २०७७०७:२२:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend