बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

सिन्धुलीको गौखर्कमा पहिलो पटक बस पुग्दा हर्षबढाइँ

सिन्धुलीको गौखर्कमा पहिलो पटक बस पुग्दा हर्षबढाइँ

  • मिडिया डबली
  • शुक्रवार, माघ ५ २०८०

  • 1.8K
    SHARES

  • सिन्धुलीको गौखर्कमा पहिलो पटक बस पुग्दा हर्षबढाइँ

    सिन्धुली - सिन्धुलीको गौखर्कमा पहिलोपटक बस पुग्दा स्थानीयले हर्षबढाइँ गरेका छन् । सिन्धुली सदरमुकाम सिन्धुलीमाडीबाट मझुवा, गैरीगाउँ, गौखर्कमा पहिलोपटक बस पुगेको हो ।

    सुनकोशी गाउँपालिका–७ मझुवा, गैरीगाउँ र वडा नम्बर ६ गौखर्कमा सिन्धुलीमाडीबाट सुनौलो बिपी यातायातको बस सेवा सञ्चालन भएसँगै स्थानीयले बस, चालक, सहचालक र यात्रुहरुलाई पञ्चेबाजासहित फूलमाला, अबीरले स्वागत गरेका छन् ।

    लामो समय बितिसक्दा पनि सदरमुकाम सिन्धुलीमाडीबाट सार्वजनिक यातायातका साधन नचल्दा यहाँका बासिन्दा कष्टकर यात्रा गर्न विवश थिए ।

    तर पछिल्लो समय सुनकोशी गाउपालिका–७ का वडाध्यक्ष लोकबहादुर कार्की र स्थानीय समाजसेवी नारायण कार्कीको पहलमा सदरमुकामबाट सुनौलो बिपी यातायातको बस सेवा सिन्धुलीबाट चपौली हुँदै मझुवा गौखर्कसम्म सञ्चालन गरिएपछि स्थानीयले सदरमुकामसम्म सहज रुपमा यात्रा गर्न पाउने भएका हुन् ।

    सिन्धुलीमाडीबाट जलकन्या चपौली, मझुवा, गैरीगाउँ, गौखर्क, सैनटार, आरुवोटे, सैनटार हुँदै सो बस सेवा अमारेसम्म सञ्चालन हुने सुनौलो बिपी यातायातका अध्यक्ष कान्छामान तामाङले जानकारी दिए । अन्य पहाडी जिल्लाभन्दा सिन्धुली तुलनात्मक रूपले सुगम नै मानिन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष १७ २०८००१:३७:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend