मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

ठाउँठाउँमा पहिरो जाँदा सिन्धुलीका सबै ठूला राजमार्ग अवरुद्ध

ठाउँठाउँमा पहिरो जाँदा सिन्धुलीका सबै ठूला राजमार्ग अवरुद्ध

  • मिडिया डबली
  • मंगलवार, श्रावण २३ २०८०

  • 2.6K
    SHARES

  • ठाउँठाउँमा पहिरो जाँदा सिन्धुलीका सबै ठूला राजमार्ग अवरुद्ध

    काठमाडौं - सोमबार रातिदेखिको अविरल वर्षापछि गएको पहिरोले सिन्धुलीका सबै टूला राजमार्ग अवरुद्ध बनेको छ ।

    पहिरोका कारण धेरै व्यस्त हुने बीपी राजमार्ग, मदन भण्डारी र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बीपी राजमार्गअन्तर्गत सिन्धुली–बर्दिबास सडकखण्डका ठाउँठाउँमा पहिरो गएको छ ।

    बीपी राजमार्गमा पहिरो जाँदा काठमाडौं आउने यात्रु मर्कामा परेका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि उदयपुरको घुर्मीसम्म विभिन्न स्थानमा पहिरो गएपछि लोकमार्ग अवरुद्ध भएको हो ।

    जसकारण सवारीसाधन चल्न सकेका छैनन् । सिन्धुलीको कमला र मरिण नदीको बाढीले स्थानीय किसानहरुको खेतीयोग्य उर्वरा जग्गाहरुको कटान सुरु गरेको छ ।

    लगातारको वर्षापछि कमला नदीमा आएको बाढीले खतराको तह पार गरेको छ । कमला नदीको बाढीले खतराको तह पार गरेकाले कमलामाई नगरपालिका र दुधौली नगरपालिकाका निपाने, हत्पते, डकाहा, हर्षाही, टाँडी, लदाभीर, दुधौली कर्थालगायतका डुबान हुने क्षेत्रमा उच्च सतर्कता अपनाउन सिन्धुली प्रशासनले आग्रह गरेको छ । सोमबार बिहानैदेखि सिन्धुलीमा भीषण वर्षा भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ ५ २०८००२:१८:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend