सिन्धुली– हरिहरपुरगढी गाउँपालिका–८ का ३७ बर्षिय वडा सदस्य जंगबहादुर माझीले मन्दीर गएक दुई महिलामाथि यौन दुव्र्यवहार गरेको छन्।
उनलाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ गरी कारबाही प्रकृया अघि बढाएको छ । माझीलाई पक्राउ गरी सोमबार जिल्ला अदालत सिन्धुलीमा जबर्जस्ती करणी अन्तर्गत मुद्धा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पीडितले किटानी जाहेरी दिएपछि मुद्धा दर्ता गरी अनुसन्धान प्रकृया पनि सुरु गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका वडा सदस्य माझीले आफू हरिहरपुरढी गाउँपालिका–८ को भित्रिजमुने र काँस बगर खोलाकोबीचमा रहेको जलेश्वर महादेवको पुजारी भएको समेत बताएका छन् ।
२०७७ साउन महिनाको ३० गते शनिवार तीन घण्टाको पैदल यात्रा गरेर जलेश्वर महादेव स्थान पुगेका २५ र ३८ बर्षका महिला पूजारी माझीबाट बलात्कृत भएसंगै यस्तो घटना सार्वजनिक भएको हो ।
पुजारीले गरेको गल्ती स्वीकारेको र गाउँमा नै मिलाईदिन आग्रह गरेका थिए। यसअघि गोलन्जोर गाउँपालिका–७ का नेकपा वडा कमिटीका साचिब बिदुरप्रसाद देवकोटाबाट १५ बर्षिया बालिका बलात्कृत भएपछि उनी अहिले पुर्पक्षको लागि थुनामा छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।