सिन्धुली - सिन्धुलीको मरिण गाउँपालिका– २ को मुंग्रेखोलामा सिथौली र छतिवन जोड्ने झोलुंगे पुल दलित पुजारीबाट पुजापाठ गरेर शिलान्यास भएको छ ।
स्थानीय अगुवा दलित पुजारी चन्द्रबहादुर विश्वकर्माले पुजापाठ गरि झोलुंगे पुलको शिलान्यास गरिएको हो ।
विगतमा बाहुन, क्षेत्री, तामाङ समुदायका पुजारीबाट पुजापाठ गरि शिलान्यास गर्ने गरिएकोमा पछिल्लो समय जातीय छुवाछुत अन्त्यका लागि साना साना कुरामा सुधार गर्नुपर्ने भन्दै दलित समुदायका पुजारीबाट पुजापाठ गरेर झोलुंगे पुल शिलान्यास गरिएको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानले बताए ।
मरिण गाउपालिकाको ६ लाख ४३ हजार ३७५, संघीय झोलुंगे पुल क्षेत्रगत कार्यक्रमको ४२ लाख ६ हजार ६ सय ८५ र समुदायको श्रमदान ९८ हजार ९८० रुपैया गरी कुल ४८ लाख ४८ हजार ४१ रुपैयाको लागतमा झोलुंगे पुल निर्माण सुरु भएको गाउँपालिकाले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।