काठमाडौं - गत वर्ष पुसमा पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनामा ७२ जनाको मृत्यु भएको थियो ।
६८ यात्रु र चालक दलका चार सदस्य लिएर काठमाडौंबाट पोखराका लागि उडेको विमान धावनमार्गनजिकै सेती नदीको खोँचमा खसेको थियो। ७२ जनाको मृत्यु भएलगत्तै सरकारले शोक दिवस मनाएको थियो ।
गत असोजमा इजरायलमा हमास विद्रोहीले गरेको आक्रमणमा १० नेपाली विद्यार्थीको मारिए । लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत त्यहाँ पुगेका नेपाली विद्यार्थी मारिएपछि सरकारले शोक दिवस मनायो ।
तत्काल मन्त्रिपरिषद् बैठक बसेर सरकारले यस्तो निर्णय गरेको थियो । तर गत शुक्रबार मध्यराति जाजरकोटमा गएको ६.४ रेक्टर स्केलको भूकम्प गयो । जाजरकोट र रुकुम पश्चिममा एक सय ५३ जनाको मृत्यु भयो ।
साढे तीन सयभन्दा बढी घाइते भए । ३५ हजारभन्दा बढी घरबारविहीन बने । तर सरकारले एक दिन पनि ती मृतक जाजरकोटवासी र रुकुम पश्चिमवासीेको नाममा शोक दिवस मनाएन ।
विदेशमा सयभन्दा बढी प्राकृतिक विपत्तिबाट मृत्यु भएमा शोक दिवस मनाउने चलन छ । तर यसपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारले यो विषयमा ध्यान दिन सकेको देखिएन ।
७२ जना स्वदेशी विदेशी मृत्यु हुँदा शोक दिवस मनाउने सरकारले डेढ सय नेपालीले भूकम्पमा ज्यान गुमाउँदा शोक दिवस नमनाउनुलाई विवेकहीनको संज्ञा दिइएको छ । धेरैले सरकारले यस्ता विषयमा ध्यान दिन नसकेको हुन सक्ने पनि विश्लेषण गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।