बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

ओलीले भाषण गरिरहँदा भीम रावल जिन्दावादको नारा

ओलीले भाषण गरिरहँदा भीम रावल जिन्दावादको नारा

  • मिडिया डबली
  • आइतवार, आश्विन २१ २०८०

  • 4.1K
    SHARES

  • ओलीले भाषण गरिरहँदा भीम रावल जिन्दावादको नारा

    धनगढी - एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन उद्घाटन सत्रमा बबाल मच्चिएको छ । अध्यक्ष केपी ओली बोलिरहँदा कार्यकर्ताले भीम रावल जिन्दावाद भन्दै नारा लगाएका छन् ।

    फ्लोरबाटै भीम रावल जिन्दावाद भन्दै नारा लागेको हो । रावल समर्थित कार्यकर्तालाई वरिपरिका सहभागीले शान्त गराएका थिए ।

    नारालाई थामथुम पार्न ओलीले ‘चुप लाग्नुस् त साथीहरु’ भन्दै धम्काउने प्रयास गरेका थिए । त्यसपछि उनले भीम रावललाई लक्षित गर्दै गल्तीलाई क्षमा गर्ने र काममा फर्काउन सकिने बताए ।

    तर त्यसका लागि गल्ती गर्ने व्यक्ति सच्चिन जरुरी रहेको उनले बताए । सुदूरपश्चिम प्रदेशमा भीम रावलको पकड मानिन्छ । तर एमालेले प्रदेश अभिवेशनमा रावललाई बोलाउँदा पनि बोलाएन ।

    जसकारण रावल समर्थित नेता कार्यकर्ता रुष्ट बनेका हुन् । उनीहरूले आफ्नो असन्तुष्टि ओलीले भाषण गर्ने बेला नै पोखेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, कार्तिक २८ २०७९११:२०:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend