काठमाडौं - प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरू प्रचारमा व्यस्त हुन थालेका छन् । मतदाता फकाउन र चर्चामा आउन उम्मेदवारहरूले केही कसर बाँकी राखेका छैनन् ।
सामाजिक सञ्जालदेखि मिडियामा कसरी प्रस्तुत हुने र चर्चामा आइरहने भन्ने विषयमा एमाले अध्यक्ष केपी ओली सबैभन्दा अघि छन् । उनको जस्तो प्रचार फन्डा कसैले पनि गरेका छैनन् र गर्न पनि सक्दैनन् । यतिबेला ओलीले देशका प्रमुख मिडिया सबैमा अन्तर्वार्ता दिन भ्याइसकेका छन् ।
दिने क्रम जारी छ । ती मिडियाबाट पार्टी र एमालेका उम्मेदवारको प्रचार धेरै हुने उनको आश छ । कतिसम्म भने उनी युवायुवती मध्यरातमा मदिरा पिएर मस्त हुने एलओडी नाइट क्लब पनि पुगे र र्याप गीत सार्वजनिक गरे ।
दुईपटक प्रधानमन्त्री भइसकेको, कम्युनिस्ट पार्टीका शीर्ष नेताले नाइट क्लबमा गएर गीत गाएपछि विरोध र समर्थन दुवै भयो । यो पनि ओलीको चुनावी फन्डा नै थियो । केही दिनयता एमालेका उम्मेदवार सूर्य थापा चर्चामा छन् ।
प्युठानबाट एमाले उम्मेदवार बनेका थापा र ‘भेलु बाजे’ को तस्बिर सामाजिक सञ्जालमा भाइरल छ । स्थायी बसोबास प्युठान नै भएका ६१ वर्षीय मेनबहादुर बुढा ‘भेलु बाजे’लाई टिकटक र युट्युबले एकाएक भाइरल बनाइदियो ।
उनले बोल्दा प्रयोग गर्ने बेल्कुल बेल्कुल, हत्तेरिका, एकदम च्वाँक र पख्नुस् त लगायतका शब्दमा टिकटकमा थुप्रैले अभिनय पनि गरेका छन् । अहिले यिनै भेलु बाजे र सूर्य थापाले चुनाव प्रचारका क्रममा माला लगाएर खिचाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
धेरैले सूर्य थापाले चुनावी प्रचारका लागि उपयुक्त पात्र भेटाएको भन्दै व्यंग्य गरेका छन् । एमाले नेता थापा रुखो र कडा बोलीका कारण चर्चित छन् । प्युठानमा उनीसँग गठबन्धनकी उम्मेदवार दुर्गा पौडेल प्रतिस्पर्धामा छिन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।