काठमाडौं - नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यको थप जिम्मेवारी नदिनु भन्ने सर्वोच्च अदालतको अन्तरिम आदेशपछि मन्त्रिपरिषद् पुनर्गठनको बहस सुरु भएको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच तीन घन्टासम्म छलफल भएको थियो ।
तर, कुनै निष्कर्ष निस्कन सकेको छैन । प्रचण्डले असोज १४ गतेपछि मात्रै मन्त्रिपरिषद् पुनर्गठन गर्न सुझाव दिएका छन् । तर, प्रधानमन्त्री ओली भने त्यसअघि नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने मनस्थितिमा छन् ।
वामदेव गौतमको मुद्दा टुंगो नलाग्दै मन्त्रिपरिषद् पुनर्गठन गर्दा आफूलाई दबाब कम महसुस हुने ओलीको बुझाई छ । स्रोतका अनुसार ओलीले राष्ट्रिय सभाकै अर्का सदस्य नारायणकाजी श्रेष्ठलाई मन्त्री बनाउन आफू तयार रहेको जानकारी गराएका छन् ।
वामदेवलाई सांसद बनाएसँगै आफू धेरै आलोचित हुनु परेको महसुस प्रधानमन्त्रीले गरेका छन् । यो दुखेसो उनले नेकपाको सचिवालय बैठकमै गरेका थिए ।
वामदेवले आफूलाई पार्टीबाटै अन्तर्घात गरेर आफूविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालिएको ठम्याइँ गौतमले गरेका छन् । सर्वोच्चको संवैधानिक इजलासले १४ गते फैसला गर्ने भएको छ । यदि त्यसदिन पनि फैेसला नआएमा मुद्दाको समय लम्बिँदै जाने निश्चित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।