काठमाडौं - सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ। गृहमन्त्रालय बसेको बैठकमा सहमति बनेको सरकारकी प्रवक्ता रेखा शर्मालेजानकारी दिएकी छिन्।
सहमतिलाई ड्राफ्टलाई पूर्णता दिने काम भइरहेको उनले जाकारी दिएकी हुन् । सहमति कार्यान्वयमा सरकार प्रतिबद्ध रहेको उनले बताइन। स
.रकार र शिक्षकहरुबीच सहमति भएसँगै आन्दाेलनरत शिक्षकहरुले आन्दाेलन फिर्ता लिएकाे छ ।शिक्षा मन्त्रालय र शिक्षक प्रतिनिधिहरुको बैठकले सात बुँदे सहमति गरेकाे हाे ।
विभिन्न माग राख्दै देशभरका शिक्षकहरु बुधबारदेखि काठमाडाैंकेन्द्रीत आन्दाेलनमा सहभागी भएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।