काठमाडौं– मंसिर ४ गतेको चुनाव हुनु केही दिनअघिसम्म एउटै गठबन्धनमा रहेका चार दलहरूको बैठक बिहीबार साँझ बस्दैछ।
राष्ट्रपतिको चुनाव सँगसँगै पुरानो गठबन्धन पनि ब्युँताउने नेपाली कांग्रेस र माओवादी केन्द्रको अनौपचारिक सहमतिपछि आज चार दलका नेताहरू बस्न लागेका हुन्।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरूबीच बैठक बस्न लागेको हो।
चार दलको बैठकअघि जसपा नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित माओवादी केन्द्रका नेताहरूसँग बैठक गर्दैछन्। जसपा र माओवादीबीच दिउँसो ३ बजे कुराकानी हुने बताइएको छ।
यसअघि आजै प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सिंहदरबारमा भेटवार्ता गरेका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।