सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

गठबन्धनले कार्यदललाई दियो यस्तो निर्देशन, अब के हुन्छ?  

गठबन्धनले कार्यदललाई दियो यस्तो निर्देशन, अब के हुन्छ?  

  • मिडिया डबली
  • आइतवार, श्रावण २९ २०७९

  • 5.8K
    SHARES

  • गठबन्धनले कार्यदललाई दियो यस्तो निर्देशन, अब के हुन्छ?  

    काठमाडौं । सत्ता गठबन्धनले आगामी निर्वाचनमा सिट बाँडफाँट चाँडो टुंग्याउन कार्यदललाई निर्देशन दिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार अपराह्न बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले गठबन्धन दलबीच आगामी निर्वाचनमा सिट बाँडफाँट गर्न बनेको कार्यदललाई चाँडो सिट बाँडफाँट टुंग्याउन निर्देशन दिएको हो। 

    बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले कार्यदललाई यथाशीघ्र सिट बाँडफाँटको काम पूरा गर्न निर्देशन दिएको बताए। कार्कीले भने, 'केही दिन अगाडि सत्ता गठबन्धनमा सिट बाँडफाँट व्यवस्थापन कार्यदल बनेको थियो। आजको बैठकले कार्यदललाई चाँडोभन्दा चाँडो काम सम्पन्न गर्न निर्देशन गरेको छ।' गठबन्धनमा आगामी भदौ पहिलो साताभित्र सिट बाँडफाँट गरिसक्ने समझदारी छ।

    गठबन्धनले सिट बाँडफाँट गर्न कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल बनाएको छ। कार्यदलमा कांग्रेसका महामन्त्री गगन थापा र मन्त्री कार्की, नेकपा माओवादी केन्द्रबाट नेता वर्षमान पुन र देव गुरुङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रनेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट नेताहरू रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी र आनन्द शर्मा सदस्य छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १५ २०७९०९:५६:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend