सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

गठबन्धनबारे कांग्रेस महासमिति सदस्यहरुले धारणा के थियो?

गठबन्धनबारे कांग्रेस महासमिति सदस्यहरुले धारणा के थियो?

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण ११ २०८०

  • 2.0K
    SHARES

  • गठबन्धनबारे कांग्रेस महासमिति सदस्यहरुले धारणा के थियो?

    काठमाडौं - नेपाली कांग्रेसको सम्पन्‍न महासमिति बैठकमा गठबन्धन गर्ने कि नगर्ने भन्‍ने विषय निकै पेचिलो बन्यो। यद्पि महासमितिको हलले भने महामन्त्रीले प्रस्तुत गरेको प्रतिवेदनलाई संशोधनसहित पारित गरेको छ ।

    महामन्त्री थापाले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा निर्वाचन पूर्व पार्टीले विशिष्ट परिस्थितिमा गर्नुपरेको गठबन्धन राजनीति परिस्थितिजन्य बाध्यता वा रणनीतिक विषय भएको उल्लेख गरेका छन् ।

    जसमा उनले भनेका छन् , 'समर्थक र शुभेच्छुक भने त्यसलाई कांग्रेसको वैचारिक क्षयीकरणको रुपमा बुझे र पार्टीसँग चित्त दुखाएका छन् । हामीले विशेष राजनीतिक परिघटनाले सिर्जना गरेको परिस्थितिबाट गर्नुपरेको गठबन्धन नियमित राजनीतिक घटनाक्रम होइन भन्ने कुरा बुझाउनुपर्ने आवश्यकता छ ।'

    महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ततुत प्रतिवेदनमा गठबन्धन फरक मतको चुनौतीपूर्ण सहयात्रा भएको उल्लेख गरेका छन्। उनको प्रतिवेदनमा भनिएको छ, अघिल्लो प्रतिनिधिसभाको विघटन पश्चात संसद र संविधानको रक्षका लागि बनेको गठबन्धन मुख्य दलहरु अन्ततः निर्वाचनमा समेत हामी एक भएर मैदानमा गयौं ।

    पृष्ठभूमि र वैचाररिक धार हाम्रो फरक भए पनि प्री पोल एलायन्सले उपलब्धि हासिल गरे पनि असन्तुष्टि र चुनौती बढेको जनाएका छन् । उनले भनेका छन्, 'निर्वाचन आउनुभन्दा अघि चार वर्ष पहिले निर्वाचनमा हुने गठबन्धनबारे छलफल गर्नु यद्यपि आवश्यक विषय होइन। त्यसैले आगामी निर्वाचनमा पनि गठबन्धन गरेर जाने कि तीनवटै निर्वाचनमा सम्पूर्ण क्षेत्रमा कांग्रेसका उम्मेदवार खडा गर्ने विष्यमा उपयुक्त समयमा उपयुक्त निर्णय लिनेछ ।

    सुदूरपश्चिम प्रदेश कञ्चनपुर क्षेत्र नम्बर २ मा महासमिति सदस्य बहादुरसिंह थापाले अहिलेको गठबन्धन जुन रहेको छ यसलाई त पूरा समय निरन्तरता दिनुपर्ने बताएका छन् । विगतमा यो गठबन्धन निमार्ण हुनुको मुल उद्देश्य संविधानको रक्षा र संसदको पुनस्र्थापना गनुपर्ने भएका कारण गरिएको गठबन्धन हो,' उनले भनेका छन्, 'अर्को जुन आगामी निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय आएको छ, यसलाई हामीसँग समय रहेको छ, यसबारे अहिले नै हतार गर्नुपर्ने देखिँदैन।' थापाले ०८४ को निर्वाचनमा एक्लै लड्न सकेको अवस्थामा त निकै राम्रो कुरा भए पनि चुनावमा विभिन्न रणनीतिहरु बनाइन्छने भएकोले नीतिमा नै राख्‍न नहुने उनको धारणा छ ।

    बागमती प्रदेश दोलखाका महासमिति सदस्य जिपछिरिङ लामाले चुनाव आउन चार वर्ष बाँकी हुँदै चुनाव लागेजस्तो गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा हतारो गर्न आवश्यक नभएको बताए । उनले भने, 'गठबन्धन गर्ने कि नगर्ने भन्ने अहिलेको विषय होइन । यसमा त कांग्रेसले मुलुकको समृद्धिका लागि खाका बनाउने अनि पार्टीका संगठनलाई पूर्णता दिने काममा अहिलेको महासमितिले काम गनुपर्छ । गठबन्धन रणनीतिक विषय भएको अहिले नै यस्तै गरिन्छ भन्ने विषय होइन ।'

    कर्णाली प्रदेश कालिकोटका महासमिति सदस्य भूपेन्द्रजंग शाहीले गठबन्धन निर्वाचनभन्दा अगाडि जानुहुँदैन भन्ने मुख्य विषय भएको बताए । उनले भने, 'नेपाली कांग्रेसको संगठन गाउँगाउँसम्म पुगेको छ । यसरी गाउँगाउँमा संगठन भएको पार्टीले गठबन्धन गर्न हुँदैन भनेर भन्ने अवस्थामा पुर्याउन भूमिका खेल्नेहरुले जिम्मा लिनुपर्छ ।'

    गण्डकी प्रदेश बागलुङका महासमिति सदस्य पार्वती आचार्यले भूगोलका आधारमा औचित्यता पुष्टि गर्दै गठबन्धन गनुपर्ने बताएकी छन् । उनले भनिन्, विगतमा कांग्रेसका संगठन भएका क्षेत्रमा पनि अन्य पार्टीलाई मतदान गनुपर्यो र कांग्रेसले न्याय गर्छ भन्दै बसेका साथीहरुले पनि टिकट नपाउने स्थिति बन्यो । यस कारण आवश्यकता र औचित्यताका आधारमा गठबन्धन गर्नुपर्दछ । फेरि महामन्त्रीज्यूले भनेजस्तै गठबन्धनको काम नै छैन भन्ने पनि होइन, ०७४ का निर्वाचनमा गठबन्धन नगर्दा सानो पार्टी थियौं भने ०८० मा सबैभन्दा ठूलो पार्टी बन्यौं ।'

    लुम्बिनी प्रदेश दाङका महासमिति सदस्य विलोचन चौधरीले पार्टीमा लागिसकेपछि मानिसले कांग्रेसबाटै चुनाव लड्नपर्छ भन्ने आकांक्षा हुने तर गठबन्धनले कांग्रेसलाई नै अन्याय गरेको बताए । उनले भने, 'तर, यो गठबन्धनका कारण पार्टीमा लामो समय मिहनत गरेका साथीहरु बञ्चित हुनुभयो । जसका कारण पार्टी नै कमजोर हुने स्थिति बन्यो । पार्टीलाई बलियो बनाउन अहिलेदेखि नै गठबन्धन नगर्ने भन्दै तल्लो तहसम्म पनि पार्टीलाई संगठित र एकताबद्ध बनाएर जानुपर्छ ।'

    कोशी प्रदेश खोटाङका महासमिति सदस्य दिनेश राईले गठबन्धनको गर्नुहुँदैन भन्ने पहिलेदेखिको नै धारणा रहेको उल्लेख गर्दै भनेका छन्, 'अहिले महामन्त्रीज्यूले गठबन्धन नगर्ने भनेर जुन प्रस्ताव ल्याउनभएको छ, यसमा हाम्रो समर्थन रहेको छ र अहिले तत्काल अहिलेको गठबन्धनलाई निरन्तरता दिए पनि आगामी निर्वाचनदेखि कांग्रेस एक्लै मैदानमा जानुपर्छ भन्ने मेरो धारणा रहेको छ ।'

    मधेश प्रदेश सिराह १ का महासमिति सदस्य उषा राउतले महामन्त्रीले लोकरिझाँइका लागि यो गठबन्धनको कुरा गर्नुभएको उपयुक्त नहुने धारणा राखिन् । उनले भनिन्, 'ही गठबन्धनले बनाएको सरकारमा मन्त्री बन्न खुट्टा उचाल्नुभएको थियो । निर्वाचन आउन चार वर्षअघि नै किन हतरा गरिएको हो बुझ्न सकिएको छैन ।'

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण ११ २०७९०३:०५:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend