मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images
राजनीतिक बिशेष

अग्निका भतिजाहरूलाई माओबादीले नै गर्यो रामधुलाई, सिन्धुपाल्चोकमा सन्नाटा

अग्निका भतिजाहरूलाई माओबादीले नै गर्यो रामधुलाई, सिन्धुपाल्चोकमा सन्नाटा

  • मिडिया डबली
  • सोमवार, बैशाख १२ २०७९

  • 8.4K
    SHARES

  • अग्निका भतिजाहरूलाई माओबादीले नै गर्यो रामधुलाई, सिन्धुपाल्चोकमा सन्नाटा

    काठमाडौं - सिन्धुपाल्चोक जिल्लामा माओवादी केन्द्रभित्रको आन्तरिक झगडाले गर्दा दुई जना केन्द्रीय सदस्यहरूले रामधुलाई भेटेका छन् ।

    सोमबार मनोनयन दर्ता गर्ने क्रममा माओवादीबाट चौतारा सागाचोक गढी नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराउने क्रममा मेयरका आकांक्षी अमानसिंह तामाङको समूहले माओवादीका दुई जना केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’ र माधवप्रसाद सापकोटा ‘सुवोध’सहितका नेताहरूलाई कुटपिट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

    कुटाइ खाने कृष्ण र माधव माओवादीका नेता एवम् सभामुख अग्निप्रसाद सापकोटाका भतिजाहरू हुन् । अग्निप्रसाद सापकोटाले भतिजा कृष्णप्रसाद सापकोटालाई मेयर बनाउन टिकट दिएपछि अमानसिंहको समूहले आक्रमण गरेको हो ।

    अमानसिंहले यसअघि यो नगरपालिकामा माओवादीबाट मेयरमा जितेका थिए । यस पटक अग्निप्रसाद सापकोटाले अमानसिंहको टिकट काटेर भतिजा कृष्णप्रसादलाई दिएपछि अमानसिंहले एमाले, कांग्रेस वा अन्य दलबाट टिकटका लागि प्रयास गरेका थिए ।

    कसैले पनि टिकट नदिएपछि अमानसिंहले स्वतन्त्रबाट उम्मेदवारी दिन थालेका थिए । माओवादीले टिकट काटिदिएको झोँकमा अमानसिंह र उनको समूहले माओवादीका केन्द्रीय सदस्य र माओवादीका नेताहरूलाई चौताराबाट लखेटेका छन् ।

    स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ । माओवादी र अमानसिंहको समूहबीच झडप भएपछि नगरपालिकाको कार्यालयमा तोडफोड भएको छ । झडपका कारण स्थिति बिग्रिएपछि नेपाली कांग्रेसले मनोनयन दर्ता गराउन सकेको छैन ।

    कांग्रेसका नेताहरूले प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गरेर मनोनयन दर्ताका लागि आग्रह गरेका छन् । सीडीओले मनोनयन दर्ताका लागि व्यवस्था मिलाउने आश्वासन दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १० २०७९१२:०९:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend