सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

संसदमा उत्पात मच्चाएको एमालेले अग्निको पावर देख्यो, कुरा सुनेर बालकोटमा जिल परे ओली

संसदमा उत्पात मच्चाएको एमालेले अग्निको पावर देख्यो, कुरा सुनेर बालकोटमा जिल परे ओली

  • मिडिया डबली
  • सोमवार, भाद्र २८ २०७८

  • 30.7K
    SHARES

  • संसदमा उत्पात मच्चाएको एमालेले अग्निको पावर देख्यो, कुरा सुनेर बालकोटमा जिल परे ओली

    काठमाडौं, २८ भदौ - सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकअघि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भेटघाटका लागि आज बिहान समय माग गरे ।

    तर, सभामुख सापकोटाले जवाफमा भने, ‘आज म सिंहदरबार आउँदिनँ, उतै बैठकमा आउनुहोला, त्यहीँ छलफल गरौँला ।’ त्यसपछि सभामुख सापकोटा र एमाले प्रमुख सचेतक भट्टराईबीच टेलिफोन संवादमा थप कुराकानी भयो । सभामुख सापकोटाले सिंहदरबार नै नआउने जनाएपछि फेरि भट्टराईले थप कुरा प्रस्ट हुन टेलिफोनबाटै सोधे, ‘कतिवटा दललाई सर्वदलीय बैठकमा बोलाउनु भएको छ ?’ सभामुख सापकोटाले भने, ‘संसदमा रहेका सबै १० दललाई बैठकमा बोलाएको छु ।’

    ‘नेकपा एकीकृत समाजवादी पनि बैठकमा आउँछन् ?’ भट्टराईको प्रश्न थियो । ‘उहाँहरूसहित १० दल बैठकमा आउने हो, तपाईहरू पनि आउनुहोला ।’

    जवाफमा भट्टराईले भने, ‘जुन पार्टी र सांसदको संवैधानिक मान्यतामा प्रश्न उठाएर हामीले निरन्तर प्रतिनिधिसभा अवरोध गरिरहेका छौँ, त्यो बैठकमा एमाले कसरी आउन सक्छ ?’ जवाफमा सापकोटाले भने, ‘त्यही समस्या समाधान गर्न बैठकमा आउन अनुरोध गरिएको हो, सबैसँग राय लिन बैठक बोलाइएको हो ।’

    भट्टराईले अगाडि भने, ‘जुन पार्टी र उनका सांसदको पदमाथि संवैधानिक प्रश्न उठाएर एमालेले निरन्तर प्रतिनिधिसभा बैठकमा अवरोध गरिरहेको छ, त्यो पार्टी उपस्थित बैठकमा कसरी एमाले आउन सक्छ ? उहाँहरू पनि उपस्थित हुने भए एमाले बैठकमा आउँदैन ।’

    भट्टराईले बैठकमा एमालेको उपस्थिति नहुने जनाएपछि सभामुख सापकोटाले फेरि भने, ‘निर्वाचन आयोगले मान्यता दिएको पार्टीलाई बैठकमा त बोलाउनु नै पर्छ, त्यो त मेरो धर्म नै हो ।’

    ‘निर्वाचन आयोगले मान्यता दिएको होइन, तपाईंले पदीय मर्यादाविपरीत कार्य गरेकाले यो अवस्था आएको हो, त्यसैले एमाले बैठकमा आउनका लागि दुईवटा सर्त छन्- पहिला एमालेले पदमुक्तको सिफारिस गरेको सूचना टाँस गर्नुपर्‍यो, दोस्रो, पदीय जिम्मेवारीभन्दा बाहिर गएर काम गरेकाले तपाईंले मार्गप्रशस्त गरिदिनुप-यो भन्ने एमाले अडान छ ।’

    भट्टराईले सापकोटालाई एमाले धारणा सुनाए पनि उनले भने बैठकमा उपस्थित हुन आग्रह गरिरहे । ‘त्यही सन्देश सुनाउन मैले सिंहदरबारमा भेट गर्न खोजेको थिएँ, तपाई नै सिंहदरबार नआउने भएपछि मैले एमालेको सन्देश यहीँबाट सुनाइदिएँ, अब तपाईं आफै निर्णय गर्नुहोस् ।’ एमालेको टेलिफोन सन्देशपछि सभामुख सापकोटाले कुनै जवाफ दिएनन् र अन्तिममा भने - छलफल गरौंला ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १० २०७९१२:०९:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend