काठमाडौं - एमाले नेता एवं राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध हात धोएर लागिपरेका छन् ।
निर्वाचन आयोगले समानुपातिक बन्दसूची बुझाएसँगै प्रतिनिधिसभाको कार्यकाल सकिएको बताएपछि तिमिल्सिना सभामुख सापकोटा अवैधानिक रहेको भन्दै उनीविरुद्ध हात धोएर लागिपरेका हुन् ।
तिमिल्सिनाले कानूनबमोजिम पदमुक्त भइसकेका प्रतिनिधि सभाका सभामुख र उपसभामुख गरेका निर्णय कार्यन्वयन नगर्न संसद सचिवालयलाई निर्देशन दिएपछि निर्वाचन आयोगले काउन्टर जवाफ दिएको छ ।
आयोगले प्रतिनिधिसभाको कार्यकाल आयोगले निश्चित नगर्ने प्रष्ट पारेको छ । आयोगले राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनालाई प्रतिनिधिसभाको कार्यकाल आयोगले निश्चित गर्ने विषय नभएको जवाफ पठाएको हो ।
अध्यक्ष तिमल्सिनाको निजी सचिवालयले गत बिहीबार प्रतिनिधि सभाका पदाधिकारी तथा सदस्यहरूको कार्यावधि कहिलेसम्म रहने हो भन्दै निर्वाचन आयोगमा पत्र पठाएको थियो । यसमा आयोगले निर्वाचित संसदको कार्यकाल आफूले निश्चित गर्ने विषय नभएको जवाफ पठाएको हो ।
निर्वाचित संसदको कार्यकाल आयोगले निश्चित गर्ने नभई नेपालको संविधान र प्रचलित कानून र विगतको अभ्यासबमोजिम निश्चित हुने हुँदा सोहीबमोजिम हुन अनुरोध गरिने आयोगको पत्रमा उल्लेख गरिएको छ ।
अध्यक्ष तिमिल्सिनाले पदमुक्त भएका सभामुख सापकोटा र उपसभामुख पुष्पा भुसालसहित गत भदौ ५ गते १ बजे बसेको संघीय संसद सचिवालयको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले गरेका निर्णय कार्यान्वयन गर्न गराउन उपयुक्त नभएकाले नगर्न निर्देशन दिएका हुन्।
त्यसलगत्तै आयोगले सोमबार तिमिल्सिनालाई मुखभरिको जवाफ दिएको हो । सापकोटा माओवादी केन्द्रका भएकाले पनि एमालेको सल्लाहमै तिमिल्सिनाले उनीविरुद्ध फायर खोलेका हुन् ।
सापकोटा सभामुख नभएपछि संघीय संसद्ले गर्ने सबै काममा आफ्नो हालीमुहाली हुने उनको ठम्याइँ छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।