काठमाडौं - पूर्व युवराज्ञी हिमानी शाह अमेरिका पुगेकी छन् । उनी मंगलबार अमेरिका पुगेकी हुन् । उनी राजनीतिक नभई हिमानी ट्रष्टको सामाजिक कामको सिलसिलामा अमेरिका पुगेको बुझिएको छ ।
हिमानीले अमेरिकाको डिसीमा बुधबार हिमानी ट्रष्टको शाखा उद्घाटन गर्ने कार्यक्रम छ । कोरोना महामारीका बेला पनि हिमानीले अमेरिकामा हिमानी ट्रस्टको शाखा स्थापना गर्नुको रहस्य भने अझै खुलिसकेको छैन ।
यसअघि सिंगापुर, थाइल्यान्ड, भारतको भ्रमण गरिरहने हिमानी धेरै समयपछि अमेरिका पुगेकी हुन् । अमेरिकामा धेरै नेपालीको बसोबास रहेकाले उनीहरूकै आग्रहमा हिमानीले ट्रस्ट स्थापना गर्न खोजेको बुझिएको छ । पछिल्लो समय उनी ट्रस्टमार्फत सामाजिक सेवामा क्रियाशील रहँदै आएकी छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।