काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा लेखेर भनेर विभिन्न कुरा भाइरल हुने गरेका छन् । तर शाहले कुनै पनि प्रकारका सामाजिक सञ्जाल चलाउने नगरेको सचिवालयले स्पष्ट पारेको छ ।
पूर्व राजाको संवाद सचिवालयले बिहीबार सूचना जारी गर्दै राष्ट्रिय समसामयिक घटनाका सन्दर्भ राष्ट्र र जनताको हितसँग सम्बद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राख्नु स्वाभाविक भए पनि ज्ञानेन्द्रले कुनै पनि खालका सामाजिक सञ्जाल नचलाउने गरेको सूचनामा जनाइएको छ ।
सूचनामा उल्लेख छ, ‘मौसुफबाट ट्विटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको व्यहोरा जानकारी गराइन्छ । यस्तो निराधार कपोलकल्पित भ्रमजालबाट मुक्त रहन सबैसँग आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्याउन समेत अनुरोध गरिन्छ ।’
सूचनामा पूर्व युवराज्ञी हिमानी शाहले समेत सामाजिक सञ्जाल नचलाउने जानकारी दिइएको छ ।
हालै सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनबारे पूर्व राजा ज्ञानेन्द्रको नाममा केही विवादास्पद धारणा सार्वजनिक भइरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।