काठमाडौं - केही समययता पूर्वयुवराज्ञी हिमानी शाह र अभिनेत्री मनिषा कोइरालाबीच हिमचिम बढ्दै गएको देखिएको छ ।
लोकतान्त्रिक लाइन छाडेर राजसंस्थाको पक्षमा लागेकी मनिषाले पूर्वराजपरिवारसँग सम्बन्ध विस्तार गरेका छन् । मनिषाले पछिल्लो समय हिन्दु राष्ट्र र राजसंस्थाको वकालत गर्दै आएकी छन् ।
हालै मात्र मनिषाले आफ्नो पूर्वयुवराज्ञी हिमानसँग अर्थपूर्ण कुराकानी भएको बताएकी छन् । हिमानीको सुन्दर र सरल व्यवहारले धेरैको मन जितेको बताउँदै कोइरालाले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘हिजो प्रिन्सेस हिमानी शाहसँगको भेटमा अर्थपूर्ण संवाद भयो, उनको सुन्दर र सरल व्यवहारले धेरैको मन जितेको छ ।’
भीएफवाई टिभी सो कार्यक्रमका लागि आइतवार राजधानीको होटल सोल्टीमा भएको भेटवार्तामा मनिषाले हिमानीको राष्ट्रप्रति गहिरो प्रेम रहेको भन्दै प्रशंसासमेत गरेकी छन् ।
‘राष्ट्रप्रति उनको गहिरो प्रेम हिमानी ट्रष्टमार्फत गरिएका कामबाटै देखिन्छ,’ उनले भनेकी छन् । मनिषाले दुईजनाबीच रमाइलो कुराकानी भएकोसमेत बताएकी छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।