बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

के अभिनेत्री मनिषा कोइरालाले नयाँ पार्टी खोल्दैछिन् ?

के अभिनेत्री मनिषा कोइरालाले नयाँ पार्टी खोल्दैछिन् ?

  • मिडिया डबली
  • बुधवार, श्रावण २७ २०७८

  • 6.1K
    SHARES

  • के अभिनेत्री मनिषा कोइरालाले नयाँ पार्टी खोल्दैछिन् ?

    काठमाडौं - अभिनेत्री मनिषा कोइराला यतिबेला मुम्बईमा छिन् । केही दिनअघि मात्रै उनी मुम्बई पुगेकी हुन् । उनी पछिल्लो समय नेपालमै बस्दै आएकी छन् । र, भारतको मुम्बई आउजाउ गरिरहन्छिन् ।

    मनिषा नेपाली कांग्रेसका संस्थापक बीपी कोइराला पुत्र प्रकाशकी छोरी हुन् । तर प्रकाश र मनिषा पछिल्लो समय कांग्रेसको राजनीतिमा छैनन् । मनिषा सामाजिक सेवामा सक्रिय छिन् । प्रकाश भने गुमनाम जस्तै छन् । तत्कालीन राजा ज्ञानेन्द्र शाहको कूलाई समर्थन गरेपछि प्रकाशको राजनीति सखाप भएको हो ।

    प्रकाशपुत्री मनिषा भने अहिले नयाँ पार्टी खोल्ने अभियानमा लागेको चर्चा छ । सो पार्टीको नाम भने जुराइसकिएको छैन ।

    आगामी कृष्णअष्टमिको साइत पारेर नयाँ पार्टी जन्माउने र त्यसको अध्यक्षमा पत्रकार देवप्रकाश त्रिपाठी रहने बुझिएको छ । त्रिपाठी र मनिषा सम्मिलित रहने पार्टीले गणतन्त्रलाई अस्वीकार गर्ने र राजतन्त्रलाई समर्थन गर्ने बताइएको छ ।

    सो पार्टीमा डा.रामप्रसाद उप्रेती, डा.बिपी तिमिल्सना, भूपनारायण घर्ती मगर जस्त अट्ने भएका छन् । नयाँ दलमा एक वरिष्ठ र पाँच उपाध्यक्षसहितको ७१ सदस्यीय केन्द्रीय कमिटी रहने बताइन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ ३० २०७८०६:३७:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend