बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

मनीषा कोइरालालाई काठमाडौंमै ओली सरकारको अवरोध, किन निहुँ खोज्यो ?

मनीषा कोइरालालाई काठमाडौंमै ओली सरकारको अवरोध, किन निहुँ खोज्यो ?

  • मिडिया डबली
  • सोमवार, पौष २७ २०७७

  • 8.0K
    SHARES

  • मनीषा कोइरालालाई काठमाडौंमै ओली सरकारको अवरोध, किन निहुँ खोज्यो ?

    काठमाडौं – विभिन्न सामाजिक गतिविधिमा सक्रिय भइरहेकी अभिनेत्री तथा सामाजिक अभियन्ता मनीषा कोइरालालाई नेपाल एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्तीका अवसरमा सिंहदरबारअघि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि दिन कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रशासनले अवरोध गरेको छ ।

    केही दिन अघिदेखि नै पृथ्वी जयन्तीका दिन मनीषाले सबैलाई एकताबद्ध हुन आग्रह गर्दै पृथ्वीनारायण शाहको स्मरण गर्न र उनीप्रति सम्मान व्यक्त गर्न आह्वान गर्दै आएकी थिइन् । तर सरकारले उनलाई नै अवरोध गरेको छ ।

    सोमवार पृथ्वी जयन्तीको अवसरमा रत्नपार्कबाट एउटा समूहको नेतृत्व गरी पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जलि दिन सिंहदरबारतर्फ जाँदै गर्दा मनीषालाई भद्रकालीमै  अवरोध भएको हो । ‘मलाई भद्रकालीमा रोकियो, राष्ट्रको नायकप्रति श्रद्धाञ्जलिसम्म दिन दिइएन,’ कोइरालाले भनिन् ।

    भद्रकालीबाट प्रहरीले सानो समूहबाट मात्र मानिसहरूलाई सिंहदरबारतर्फ जान दिएको उनले गुनासो गरिन् । श्रद्धाञ्जलिका लागि तयार गरिएका मालाहरू चुँडालिएका र प्रहरीले सहभागीलाई भद्रकालीमै अवरोध गरेको सहभागीहरूले जनाएका छन् ।

    ‘पृथ्वी जयन्तीका दिन धेरै मानिस भेला हुन नपाउन् भनेर प्रशासनले गरेको नियोजित षड्यन्त्र हो यो,’ एक सहभागीले आक्रोश पोखे ।

    पृथ्वीनारायणप्रति श्रद्धाञ्जलि दिँदै मनीषाले सिंहदरबारमा आफ्ना केही अभिव्यक्ति राख्ने तयारी समेत गरेकी थिइन् । ‘मैले राष्ट्रनायकप्रति श्रद्धाञ्जलि दिन चाहेको थिएँ तर प्रशासनले रोक्यो,’ मनीषाले गुनासो पोखिन् ।

    सरकारले मनीषलाई अवरोध गरेर जनतासँग किन निहुँ खोज्यो भन्ने कसैले अनुमान लगाउन सकेका छैनन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend