बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

मनिषा कोइरालाले गरिन् दुर्गम क्षेत्रमा स्वास्थ्य सामग्री सहयोग

मनिषा कोइरालाले गरिन् दुर्गम क्षेत्रमा स्वास्थ्य सामग्री सहयोग

  • मिडिया डबली
  • सोमवार, जेठ २४ २०७८

  • 5.3K
    SHARES

  • मनिषा कोइरालाले गरिन् दुर्गम क्षेत्रमा स्वास्थ्य सामग्री सहयोग

    काठमाडौं – बलिउड नायिका मनिषा कोइरालाले कोरोना भाइरस संक्रमणको महामारीका बेला दुर्गम जिल्ला जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेकी छन् ।

    मनिषा कोइराला फाउन्डेसनबाट पीपीई सेट ४१०, चस्मा ३५० वटा, एन नाइन्टीफाइभ मास्क ३०० वटा, १० हजार ट्याबलेट डेक्सोना औषधि, रियुजेबल गाउन ६० सेट सहयोग गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जानकारी दिएको छ ।

    प्रतिष्ठानका उपकूलपति डा. मंगल रावलको समन्वयमा नायिका कोइरालाले फाउन्डेसनमार्फत सहयोग गरेको प्रतिष्ठानले बताएको छ ।

    स्वास्थ्य सामग्री काठमाडौंबाट जुम्ला ल्याउन नेपाली सेनाले सहयोग गरेको छ । प्रतिष्ठानले विपतको समयमा सहयोगी हात जुट्न थालेको बताउँदै प्रतिष्ठानले फाउन्डेसनलाई धन्यवाद दिएको छ ।

    प्रतिष्ठानले १२० शय्या आइसोलेसन, १२ शय्याको आईसीयू र २४ एचडीयू सञ्चालनमा रहेको प्रतिष्ठानका प्रवक्ता रमेश भट्टराईले जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण २७ २०७८११:२७:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend