बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

के अभिनेत्री मनीषा कोइराला राजनीतिमा आउन चाहन्छिन् ? 

के अभिनेत्री मनीषा कोइराला राजनीतिमा आउन चाहन्छिन् ? 

  • मिडिया डबली
  • मंगलवार, पौष २१ २०७७

  • 5.5K
    SHARES

  • के अभिनेत्री मनीषा कोइराला राजनीतिमा आउन चाहन्छिन् ? 

    काठमाडौं – भारतको चलचित्र उद्योगको चर्चित नाम हो मनीषा कोइराला । नेपाली राजनीतिमा चर्चित नाम बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको परिवारमा जन्मिएकी कोइराला पछिल्लो कोरोना भाइरस संक्रमणको महामारीसँगै नेपालमै सक्रिय छिन् ।

    नेपालमै रहेको बेला अभिनेत्री मनीषा सार्वजनिक गतिविधिमा सक्रिय हुन थालेकी छन् । अभिनेत्री मनीषा कोइरालाले पुस २७ गते मनाइने राष्ट्रिय एकता दिवस एवं पृथ्वीजयन्तीको अगुवाइ गर्दैछिन् ।

    अभिनेत्री कोइराला सार्वजनिक गतिविधिमा सक्रिय हुन थालेपछि प्रत्यक्ष राजनीतिमा पनि आउने हुन् कि भनेर चर्चा सुरू भएको छ । तर कोइरालाले हालसम्म यसबारे स्पष्ट पारिसकेकी छैनन् ।

    पृथ्वी जयन्तीको सन्दर्भमा विचार व्यक्त गर्दै कोइरालाले नागरिक स्तरबाटै राष्ट्र निर्माता पृथ्वीनाराण शाहको जन्मजयन्ती मनाउन र विगतका कुरा भुलेर सबैलाई एकता दिवस मनाउन अपिल गरेकी छन् ।

    पुस २७ गते बिहान साढे १० बजे रत्नपार्कमा भेला हुन अभिनेत्री कोइरालाले आह्वान गरेकी छन् । कोइरालाको अभियानमा रमेश खरेल, सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपानले लगातका नागरिक अगुवाहरूले पृथ्वी जयन्तीको सान्दर्भिकता अझ थपिएको बताउँदै सबै जुट्न आह्वान गरेका छन् ।

    अभिनेत्री कोइरालाले पत्रकार सम्मेलनमा भनिन्, ‘विगतका कुरा बिर्सेर पृथ्वीजयन्ती मनाउन म सबैलाई आग्रह गर्दछु ।’

    राजनीतिक परिवर्तनको नाममा राष्ट्र निर्माताको अवमूल्यन भएको र देशमा विदेशी हस्तक्षेप बढेकोप्रति कार्यक्रममा सहभागी नागरिक अगुवाहरूले विरोध जनाएका छन् । ‘पृथ्वीनारायण शाहको अवमूल्यन भएको छ । आधुनिक नेपालको सम्मान नै उहाँको सम्मान हो । विदेशी हस्तक्षेपलाई अब टिक्न दिनु हुँदैन,’ उनले भनिन् ।

    वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानलेले २०६२/६३ पछि देशलाई आर्थिक, सामाजिक, राजनीतिक र जातीय रूपमा कमजोर बनाइएको आरोप लगाएका छन् ।

    कार्यक्रममा सहभागी नागरिक अगुवाहरूले सरकारसँग पृथ्वी जयन्तीबारे विभिन्न माग समेत अघि सारेका छन् । सहभागीले पुस २७ गते सार्वजनिक बिदा दिनुपर्ने, पृथ्वीनारायण शाह र उनको दिव्य उपदेशलाई स्कूल र कलेजमा अध्यापन गराउनुपर्ने, गोरखा दरबारमा पृथ्वीनारायण शाहको जीवनी र नेपाल एकीकरणका झल्को दिने गरी संग्रहालय स्थापना गर्नुपर्ने लगायतका माग समेत राखेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण २७ २०७८११:२७:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend