बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

मनिषा कोइरालाले गरिन् कांग्रेसी नेतामार्फत अस्पताललाई भेन्टिलेटरसहित सहयोग

मनिषा कोइरालाले गरिन् कांग्रेसी नेतामार्फत अस्पताललाई भेन्टिलेटरसहित सहयोग

  • मिडिया डबली
  • बुधवार, जेठ १२ २०७८

  • 9.6K
    SHARES

  • मनिषा कोइरालाले गरिन् कांग्रेसी नेतामार्फत अस्पताललाई भेन्टिलेटरसहित सहयोग

    काठमाडौं – चर्चित अभिनेत्री मनिषा कोइरालाले वीरगञ्जस्थित नारायणी अस्पताललाई ४ वटा भेन्टिलेटर सेटसहित स्वास्थ्य सामग्री सहयोग गरेकी छन् ।

    नेपाली कांग्रेसका नेता रामनारायण कुर्मी तथा पत्रकार चन्द्रकिशोरको टोलीले अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभ र निमित्त मेसु डा. उदयनारायण सिंहलाई हस्तान्तरण गरे ।

    कोइरालाले सहयोग गरेको स्वास्थ्य सामग्रीमा १००/१०० वटा फेससिल्ड र पीपीई तथा ३ वटा फूल फेस मास्क रहेका छन् । कोरोना महामारीको दोस्रो लहरमा वीरगञ्ज तथा मध्यतराईका जिल्लाहरू बढी प्रभावित भएका र नारायणी अस्पतालमा भेन्टिलेटरको अभाव रहेको जानकारी पाएपछि अभिनेत्री कोइरालाले सहयोग गरेकी छन् ।

    अस्पताल विकास समितिका अध्यक्ष लाभले नारायणी अस्पतालको अभावलाई थाहा पाएर सहयोग गरेकोप्रति कृतज्ञता व्यक्त गरेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण २७ २०७८११:२७:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend