काठमाडौं – काभ्रे जिल्लाका अर्जुन लामाको हत्याकाण्डमा सभामुख अग्नि सापकोटा मुछिएको सम्बन्धी मुद्दा सर्वाेच्च अदालतको संवैधानिक इजलासमा आज बुधबार सुनुवाइ हुने भएको छ ।
अदालतको साप्ताहिक पेशी सूचीमा सापकोटाको मुद्दा २४ नम्बरको संवैधानिक फाँटमा सुनुवाइ हुँदैछ । गत माघ २३ गते संवैधानिक इजलासमा पेशी चढे पनि मुद्दा हेर्न नभ्याइने भएको थियो ।
मृतक अर्जुनकी पत्नी पूर्णिमाया लामा, कनकमणि दीक्षित र सुशील प्याकुरेल लगायत जोडिएको मुद्दामा आज सुनुवाइ भइरहेको छ । हत्याकाण्डमा छानबिन नगरी शंकास्पद सापकोटालाई मन्त्री, सभामुख बनाइएको भन्दै सर्वाेच्चमा मुद्दा परेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।