आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सभामुख सापकोटको धम्की दिँदै नेकपा कार्यकर्ताले गरे गुम्बा तोडफोड 

सभामुख सापकोटको धम्की दिँदै नेकपा कार्यकर्ताले गरे गुम्बा तोडफोड 

  • मिडिया डबली
  • बिहिवार, कार्तिक १३ २०७७

  • 9.3K
    SHARES

  • सभामुख सापकोटको धम्की दिँदै नेकपा कार्यकर्ताले गरे गुम्बा तोडफोड 

    सिन्धुपाल्चोक - द्वन्द्वकालमा तत्लकालीन विद्रोही माओवादीले देशभरका विभिन्‍न धार्मिकस्थलहरु तोडफोड गर्ने गरेको थियो । विद्रोही माओवादी शान्ति प्रक्रियामा आइसकेपछि मुलुक धर्म निरपेक्षतामा गयो ।

    मुलुक धर्म निरपेक्षता गएको छ भने तत्कालीन विद्रोही माओवादी तत्कालीन एमालेसँग मिलेर अहिलेको सत्तारुढ दल नेकपा बनेको हो । 

    नेकपाबाट प्रधानमन्त्री बनेका कम्युनिस्ट विचारधारा भन्‍ने केपी शर्मा ओलीले चितवनको माडीमा राम मन्दिर बनाउन निर्देशन दिएका छन् । तर, ओली नै अध्यक्ष भएको नेकपाका कार्यकर्ताले सिन्धुपाल्चोकमा भने बौद्ध गुम्बा तोडफोड गरेका छन् । 

    नेकपामा माओवादीको कोटाबाट सभामुख बनेका अग्‍नीप्रसाद सापकोटाको आडमा उनका कार्यकर्ताले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-१ लिस्ती मा रहेको चेयचु सम्पा गोम्बामा तोडफोड गरेका हुन् । 

    तोडफोडमा नेकपा कार्यकर्ता मुना दोर्जे लामा, पासङ लामा, दावा लामा र तोर्मे लामाको समूह रहेको पाइएको छ । 

    उनीहरुले कात्तिक ९ गते चार किलोमिटर टाढाबाट आएर तोडफोड गरेको स्थानीयहरुले बताएका छन् । तोडफोडमा संलग्‍न समूहले वडा अध्यक्ष मुके शेर्पाको भाइको घरमासमेत तोडफोड गरी शेर्पाको ९२ वर्षीय आमालाई समेत लछारपछारजस्तो अमानवीय व्यवहार गरेका छन् । 

    वडा अध्यक्षलगायत स्थानीयहरुले तोडफोडमा संलग्‍नहरुलाई कारबाहीको माग गरे पनि स्थानीय प्रशासनले भने कुनै चासो दिएको छैन । नेपाली कांग्रेसका वडाध्यक्षले लोकप्रिय काम गरिरहेकोले नेकपा कार्यकर्ताहरुले रिसले गुम्बा तोडफोड गरेको कांग्रेसले जनाएको छ ।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष १० २०७७०७:१३:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend