आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओलीले संसद विघटन गरेको बल्ल थाहा पाए सभामुख अग्नि सापकोटाले !

ओलीले संसद विघटन गरेको बल्ल थाहा पाए सभामुख अग्नि सापकोटाले !

  • मिडिया डबली
  • बुधवार, पौष ८ २०७७

  • 8.4K
    SHARES

  • ओलीले संसद विघटन गरेको बल्ल थाहा पाए सभामुख अग्नि सापकोटाले !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटनको विरोध गरेका छन् ।

    प्रतिनिधिसभा विघटनको लामो समयसम्म चुपचाप बसेका सभामुख सापकोटाले संसद विघटन भएको बल्ल थाहा पाएका छन् ।

    सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन हुन नसक्ने संविधानको धारा ७६ मा स्पष्ट रहेको भन्दै सापकोटा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद भंग गर्ने निर्णयको विरोध उत्रिएका छन् ।

    ‘संविधानको धारा ७६ मा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको छ । यस सन्दर्भमा संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको हो,’ सभामुख सापकोटाले बुधवार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘विगतका विसंगतिपूर्ण अभ्यासलाई सच्याउँदै स्थिरता र यसमार्फत् समृद्धिको जनचाहनालाई सम्बोधन गर्न प्रतिनिधि सभाको पूर्ण कार्यकालको परिकल्पना गरिएको तथ्य यहाँ स्मरणीय छ ।’

    संविधानको धारा ९३ (१) बमोजिम २०७७ पुस १७ गतेभित्र संघीय संसदको सातौं अधिवेशन सुरू गर्ने गृहकार्य भइरहँदा अप्रत्यासित रूपमा प्रतिनिधि सभामाथि अवरोध सिर्जना गरिएकोमा सिंगो प्रतिनिधिसभा र आफू मर्माहत भएको समेत सापकोटाले जनाएका छन् ।

    ७ दशकयताका विभिन्न आन्दोलनको जगमा संविधान सभामार्फत् जनताका प्रतिनिधिले बनाएको संविधानको पालना सिंगो मुलुकको प्रमुख कार्यभार भएको स्मरण गराउँदै सापकोटाले भनेका छन्, ‘संविधानको रक्षार्थ पुनः एकपटक राजनीतिक दलका बीचमा उच्चस्तरीय  समझदारीको आवश्यकता अझ बढेर गएको छ ।’

    प्रतिनिधिसभा विघटनपछिको अवस्थामा संवैधानिक सर्वोच्चताका लागि सबै पक्ष संवेदनशील र गम्भीर बन्नुपर्ने बेला आएको समेत सापकोटाले जनाएका छन् ।

    agni.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष १० २०७७०७:१३:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend