आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
आजको विशेष

सभामुख सापकोटाका स्वकीय सचिवले प्रिन्सिपलको टोकिदिए औंला, दुई टाँका लगाइयो

सभामुख सापकोटाका स्वकीय सचिवले प्रिन्सिपलको टोकिदिए औंला, दुई टाँका लगाइयो

  • मिडिया डबली
  • बिहिवार, कार्तिक २० २०७७

  • 9.1K
    SHARES

  • सभामुख सापकोटाका स्वकीय सचिवले प्रिन्सिपलको टोकिदिए औंला, दुई टाँका लगाइयो

    काठमाडौं - नेकपाका कार्यकर्तामा सत्ताको उन्माद धेरै बढ्न थालेको छ । आफूले भनेको नमान्नेलाई सांघातिक आक्रमण गरेर घाइते बनाउने क्रम सुरु भएको छ ।

    यसैक्रममा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाका स्वकीय सचिव नवराज ऐरले सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रमुख (प्रिन्सिपल) भूपेन्द्र विष्टलाई कुटपिट गर्दै घाइते बनाइदिएका छन् ।

    कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१, बन्साहका ऐर र विष्टबीच बुधवार राति स्थानीय एक होटलमा कुटाकुट भएको हो। रक्सीले मातिएको अवस्थामा ऐर र प्रिन्सिपल विष्टबीच झगडा भएको खुलेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका डीएसपी अमर थापाले जानकारी दिएका छन्।

    ऐरले टोकेर आफ्नो औँला दुई टुक्रा पारिदिएको विष्टले आरोप लगाएका छन्। भेट्नु छ भनेर ऐरले मेघा होटलमा बोलाएर विष्टमाथि कु्टपिट गरेको प्रहरीले जनाएको छ ।

    तर, ऐरले भने प्रिन्सिपल विष्टले रक्सीले मातिएर तथानाम गर्न थालेपछि विवाद भएको दाबी गरेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष १० २०७७०७:१३:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend