बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

भागरथी भट्टका हत्यारा नजिक पुग्यो अनुसन्धान ! प्रहरी प्रमुखको यस्तो दाबी

भागरथी भट्टका हत्यारा नजिक पुग्यो अनुसन्धान ! प्रहरी प्रमुखको यस्तो दाबी

  • मिडिया डबली
  • शुक्रवार, माघ ३० २०७७

  • 4.9K
    SHARES

  • भागरथी भट्टका हत्यारा नजिक पुग्यो अनुसन्धान ! प्रहरी प्रमुखको यस्तो दाबी

    काठमाडौं – बैतडीको चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या गरिएकी घटना अहिले देशव्यापी चर्चाको विषय बनेको छ । घटनाका दोषी कहिले सार्वजनिक हुन्छन् भन्नेतिर सबैले चासो राखेका छन् ।

    प्रहरीले समेत तदारुकताका साथ दोषी पत्ता लगाउन अनुसन्धान गरिरहेको छ । माघ २१ गते विद्यालय गएकोमा भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दा माघ २२ गते स्थानीय लवलेक जंगलमा बिभत्स हत्या गरिएको अवस्थामा भेटिएकी थिइन् ।

    ‘शंकास्पद व्यक्तिलाई सोधपुछ गर्दा, कल डिटेल लगायतबाट अनुसन्धान घटनाको एकदमै नजिक पुगेको छ । विभिन्न कोणबाट गरेको अध्ययन र अनुसन्धानबाट हामी थप नजिक पुगेका छौं, छिट्टै दोषी सार्वजनिक हुन्छ,’ बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नारायणप्रसाद अधिकारीले भने ।

    भागरथीको शव परीक्षण रिपोर्टमा बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको भएपनि सामूहिक बलात्कार हो वा १ जनाले मात्रै गरेको भन्ने पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ । भागरथीको ‘भजाइनल स्वाब’ संकलन गरी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठाइएकाले रिपोर्टपछि मात्रै बलात्कारबारे थप थाहा हुने अधिकारीले बताएका छन् ।

    ‘घटनास्थलमा भेटिएका प्रमाण पनि प्रयोगशालामा पठाएका छौं, त्यसबाट थप कुरा थाहा हुन्छ,’ उनले भने ।

    घटनाको अनुसन्धानमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदी नै सक्रियतापूर्वक लागेका छन् । टोलीमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्यूरोका डीएसपी पञ्चकुमार बाँखुसहित प्राविधिक जनशक्ति रहेका छन् ।

    घटनाको ९ दिन बितिसक्दा दोषीलाई सार्वजनिक नगरिएको भन्दै भागरथीका आफन्त तथा स्थानीय आन्दोलनमा छन् । गाउँपालिकामा गठन गरिएको संघर्ष समितिले यसअघि शैक्षिक हड्ताल, चक्काजाम र प्रदर्शन समेत गरिसकेको छ ।

    बैतडीमा गठन गरिएको संघर्ष समितिले आन्दोलनका कार्यक्रम समेत जारी राखेको छ । हत्यारा पत्ता नलाग्दासम्म आन्दोलनका कार्यक्रम जारी रहने भट्टको न्यायका लागि गठित संघर्ष समितिका सदस्य महेशदत्त भट्टले बताएका छन् ।

    घटनाको ९ दिनसम्म पनि भागरथीको दाहसंस्कार हुन सकेको छैन । गत शनिवार शव परीक्षण सम्पन्न गरिएको भए पनि आफन्तले अझै शव बुझ्न मानेका छैनन् । घटनाको सत्यतथ्य छानबिन गरी हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने भागरथीका काका शिवराज भट्टले अडान लिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ ३० २०७७०७:४५:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend